२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ बालुवाडाँडामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर भएको छ । कावासोती नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शिविर भएको हो । नगरपालिकाको पहाडी वडाका रुपमा समेत चिनिने बालुवाडाँडामा पहिलो पटक पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा १२० गाईभैँसी, ७२० बाख्रा, १०० बंगुर , स्थानीय कुखुरा ५०० वटालाई नाम्ले माटे, जुका विरुद्ध औषधि, मिनरल पाउडर, बाह्य परिजिवी विरुद्धको औषधी वितरण गरिएको कृषि तथा पशु पन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो । शिविरमा प्राथमिक उपचारका औषधी समेत वितरण गरिएको थियो ।
स्थानीय ठाउँमा नगरपालिका मार्फत पहिलो पटक पशु स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा पशुपालक कृषक खुसी भएका थिए । उनीहरूले यस्ता प्रकारका शिविर समय समयमा गर्न आवश्यक रहेको समेत बताएका छन् । पशु स्वास्थ्य शिविरमा पशु प्राविधिक सहित कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |