२०८० मंसिर २५, सोमबार
नवलपुर । स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सरगर्मी विस्तार बढ्दै जान थालेको छ । निर्वाचन आयोगले समेत निर्वाचन लक्षित तयारी थालिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले हाल मतदाता परिचय पत्र हराएका लाई नयाँ बनाउन आग्रह गरिरहेको छ । केही दिनमा मतदाता नामावली अध्यावधीक कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले बताउनुभयो । अध्यावधीक कार्यक्रममा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नामावली हटाउने , वडा भित्र पायक पर्ने मतदान केन्द्र नभए सच्चाउन लगायतका काम गरिने कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
अध्यावधीक सँगै जिल्लाको अन्तिम नामावली सहित मतदाता संख्या समेत प्रकाशन गरिने छ । हाल जिल्लाको मतदाताको संख्या भने कुल २ लाख ६० हजार ७८९ रहेको छ । जसमा पुरुष १ लाख २४ हजार ८०२ , महिला १ लाख ३५ हजार ९८३ र तेश्रो लिङ्गी चार जना रहेका छन् । जिल्लामा सबै भन्दा धेरै कावासोती नगरपालिकामा ५६ हजार ३१३ मतदाता रहेका छन् । गैँडाकोटमा ४८ हजार ५७५ , मध्यविन्दुमा ४६ हजार ५११ र देवचुलीमा ३८ हजार १७५ मतदाता रहेका छन् । गाउँपालिका तर्फ विनयी त्रिवेणी गाउँपालिकामा २७ हजार १९७ , हुप्सेकोट गाउँपालिकामा १९ हजार ५३१ ,बुलिङटारमा १२ हजार ८०६ र बौदीकालीमा ११ हजार ६८१ रहेको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । अध्यावधिक पछि केही मात्रामा मतदाताको संख्या घट्ने कार्यालयले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |