२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाका कृषकलाई आधुनिक कृषि औजारी वितरण गरिएको छ ।
बिहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर कृषि औजार वितरण गरिएको हो । कावासोती नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागतमा कृषि यन्त्र खरीद गरिएको हो । कावासोतीमा रहेका विभिन्न सामुहिक कृषि फर्म तथा किसान गरि ३५ वटा कृषि सामाग्री वितरण गरिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख टेक राज पौडेलले जानकारी दिनुभयो । वितरण गरिएको यन्त्रहरुमा दाना बनाउने मेसिन , हाते ट्याक्टर , च्याफकटर , घाँस काट्ने मेसिन , मिडियम डिप फ्रिज , दुध दुहुने मेसिन , एरीयटर , समरसियल मोटर , महाजाल , ड्याङ बनाउने मेसिन रहेको पौडेलले बताउनुभयो । कावासोती नगरपालिकाको १५ लाख र किसानको ३ लाख ७५ हजार गरेर १८ लाख ७५ हजार रुपैैँयाको कृषि औजार वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।
कावासोती नगरपालिका वडा नं. २ का अध्यक्ष तथा आर्थिक विकास समितिका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको अध्यक्षता तथा नगर प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नगर प्रमुख पुनले कृषि औजार वितरणपछि बोल्दै आफुहरुको कार्यअवधिरमा कृषकले माग गरे अनुसारका सेवा सुविधा उपलब्ध गराउने कुरामा पछि नहटेको बताउनुभयो । उहाँले कृषकका सबै माग पुरा गर्न नसके पनि सकेको जति काम गरेको बताउनुभयो । आगामि दिनमा आफ्नो कार्यकाल सकिए पनि कृषकको हकहितका लागि लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङले आगामि आर्थिक वर्षमा पनि किसानलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले औजार प्राप्त गरेका कृषकले आउदा दिनमा उत्पादनमा बृद्धि गरेका खबर सुन्न पाईयोस् भन्ने शुभकामना दिदै प्राप्त कृषि औजारको उचित प्रयोग र सुरक्षा गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा दुईका अध्यक्ष पौडेलले कावासोतीका सबै किसानलाई समेट्ने गरेर कार्यक्रम ल्याउने योजन हुँदाहुँदै कोभिडका कारण दुई वर्ष काम गर्न ससहज भएको बताउनुभयो । तर , पनि कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेर नगरले काम गरेको उहाँले बताउनुभयो । किसानले अपेक्षा गरे अनुसार हुन नसकेपनि नगरपालिकाबाट सकेको सहयोग भएको उहाँको भनाई थियो । आफुहरुको कार्यकाल अब सकिने समय आएकाले , आर्थिक विकास समितिभित्र रहेका सबै कार्यक्रम सक्ने र किसानका लागि पनि थप काम गर्न प्रकृया अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |