२०८० मंसिर १४, बिहिबार
यामु कुमाल । अदुवाको मुल्य नपाएपछि नवलपुरका किसानले सुठो बनाउन थालेका छन् । जिल्लाको अदुवा पकेट क्षेत्र बौदीकालीकाका किसानले काँचो अदुवाको मुल्य नपाउँदा सुठो बनाउन थालेका हुन् ।
बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवाका लागि मुख्य व्यापारीक केन्द्र मुण्डे ,दलदले, भिमाद, रामपुरलगायत बजार भएको र त्यहाँका व्यापारीले मूल्यमा घटिबढी गर्ने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको छ ।
बौदीकाली गाउँपालिका वडा नम्बर ६ अदुवाको पकेट क्षेत्र हो । यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई व्यापारीहरुले गाउँमै आएर सस्तो मूल्यमा लैजाने गरेको छ । अदुवाको पकेट क्षेत्रका किसानले अदुवाको भाउ नपाउँदा सुठो बाध्य छन् । काँचो अदुवालाई पोलेर सुठो बनाउदा तीन किलो काँचो अदुवा सुकेपछि जम्मा एक किलो मात्रै हुने किसानको भनाइ छ । यसरी बनाइएको सुठो बर्सौसम्म पनि नबिग्रिने भएकाले उत्पादित काँचो अदुवा अहिले सुठो बनाएर बेच्ने गरेको बौदिकालीका किसा विर बहादुर रानाले बताउनुभयो ।
यस वर्ष जिल्लामा ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङक छ । यहाँका किसानको मुख्य आय स्रोत भनेको अदुवा हो । उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवा प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग छ । किसानको माग बमोजिम अदुवा प्रशोधन बनाउनका लागि आवश्यक पहल भइरहेको बौदीकाली गाउँपालिकाले जनाएको छ । तर,गाउँमा अहिलेसम्म पनि बिजुली नपुग्दा प्रशोधनकेन्द्र बनाउनमा समस्या रहेको बौदिकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो ।
जिल्लाको पहाडी भेग नरम, जौवारी,अर्खला,कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश किसानको अदुवा मुख्य बाली हो । सरकारले खेती लगाउन मात्र प्रोत्साहन गर्ने तर,उत्पादनको बजारीकरण गर्न ध्यान नदिदा किसानहरु हरेक वर्ष निराश हुनुपरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |