२०८० मंसिर २५, सोमबार
कावासोती । नेपाली कांगे्रसका उप सभापती धनराज गुरुङले गठबन्धन बाध्यकारी सम्बन्ध भएको बताउनु भएको छ । ‘संविधान बचाउनका लागि गरेको आन्दोलनको बाई प्रोडक्ट मात्रै हो, यो बाध्यकारी गठबन्धन हो’ उप सभापती गुरुङले भन्नुभयो ।
गठबन्धन भएपछि सबैको धारणा एउटै हुनुपर्नेमा त्यसो नभएको उहाँले बताउनुभयो । एमसिसिका सवालमा सरकारमै रहेका दलहरु सडक प्रदर्शन सम्ममा जानु अनौठो भएको उहाँले बताउनुभयो । ‘घर झगडा गर्नु छ भने भित्रै गरेको भए हुने, आगन सम्म पुगे पनि हुन्थ्यो, सडक सम्म जानुले अशुभ संकेत देखाएको छ’ उपसभापति गुरुङले भन्नुभयो–सरकारमा बस्ने र प्रदर्शन गर्दै हिड्ने अमान्य कुरा हो ।
पे्रस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठबन्धनमा रहेका दललाई यो नौटङ्की नदेखाउ आग्रह समेत गर्नुभयो । ‘सरकारमै बसेर फेरी तीनै दलले सडकमा प्रदर्शन गर्दैछन् यो नौटङ्की तुरुन्तै बन्द गर्नुपर्छ’ गुरुङले भन्नुभयो –प्रदर्शन गर्ने भए सरकारमा बस्ने नैतिकता हुदैन ।
गठबन्धनमा अहिलनै विश्वासको वातावरण कमजोर भएको भन्दै स्थानीय तहमा गठबन्धन गरि चुनाव लड्ने कुरा धेरै परको विषय भएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |