२०८० मंसिर २०, बुधबार
प्रिय धन । हुप्सेकोट । नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेलले एमालेले कुनै पनि गलत काम नगरेकाले शिर झुकाउनु नपर्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर नेकपा एमाले हुप्सेकोट गाउँकमिटीको पार्टी कार्यालय उद्घाटनको अवसरमा उहाँले सो कुरा बताउनु भएको हो । समाजमा जरो गाडेर बसेको बेरोजगारी , क़ृषि , पर्यटन तथा बिजुली बत्तीको समस्यालाई केपी ओली नेतृत्वको सरकारले समाधान गर्न लागेको देखेर एमालेबाट केहि शक्ति टुक्राउनेले सो समस्याको दीर्घकालीन समाधान गर्न रोकेको समेत पौडेलले आरोप लगाउनुभयो ।
यस्तै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पूर्ण प्रकाश बिकले अब नेकपा एमाले नेतृत्वको स्थानीय , प्रदेश र संघीय सरकार आऊनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य बाबुराम विश्वकर्मा , नवलपुर जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे , जिल्ला कमिटी सचिव भिमलाल अधिकारी , जिल्ला कमिटी सदस्य मदन गिरी लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेकपा एमाले हुप्सेकोट गाउँकमिटीको पार्टी कार्यालय शनिबार समुदघाटन गरिएको हो । । हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा वडा सदस्य समेत रहनुभएका तारा बहादुर कार्कीको घरमा पार्टी कार्यालय बनाईएको हो । संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण पौडेलले रिबन काटेर पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । पार्टी कार्यालय सँगै एमाले सम्बद्ध अखिल नेपाल महिला संघ हुप्सेकोट , राष्ट्रिय युवा संघ नेपाल हुप्सेकोट , अनेरास्ववियु हुप्सकोट तथा हुप्सकोट ३ को वडा कमिटीको कार्यालय समेत उद्घाटन गरिएको नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका अध्यक्ष चेतन रानाले जानकारी दिनुभयो ।
पार्टी कार्यालय उद्घाटनको अवसरमा नेपाली कांग्रेस तथा नेकपा माओबादी केन्द्रबाट पार्टी परित्याग गरि २३ जनाले एमाले प्रवेश गरेका थिए । साथै सोही अवसरमा जिल्ला, प्रदेश तथा केन्द्रमा निर्वाचित बिभिन्न पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।
नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका सचिव मदन थापाको संचालनमा रहेको कार्यक्रममा उपाध्यक्ष लाल बहादुर शेरपुजा मगरको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा पालिकाका बिभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |