२०८० मंसिर २०, बुधबार
कावासोती। निर्वाचन आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध तथा अध्यावधिकका लागि तिन दिन मात्रै समय दिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुषालका अनुसार आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध सहित अध्यावधिकका लागि फागुन २० गते देखी फागुन २२ गते सम्म समय तोकेको छ ।
सो अवधिमा मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउने, दोहोरो नाम भए हटाउने, मृत्यु भएकाको बिवरण हटाउन लगायतका काम हुने कार्यालय प्रमुख भुषालले बताउनुभयो । यो अवधिमा एकै वडा भित्र आफुलाई पायक पर्ने मतदान केन्द्रमा नामावली नभए वडा वडा भित्रकै पायक पर्ने वडामा ठाउँसारी गर्न समेत सकिने उहाँले बताउनुभयो । तर अन्यत्रबाट ठाउँसारी गर्न भने नमिल्ले उहाँले बताउनुभयो । यसका लागि फागुन १९ सम्ममा नामावली प्रकासन गरिने छ।
नवलपुरको कावासोतीमा शनिबार छैटौं निर्वाचन दिवसको अवसरमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै आयोगले माघ बीस गते भित्र कसैको मतदाता परिचय पत्र हराएको भए वडाको सिफारीसमा फागुन २० गते भित्र जिल्ला निर्वाचन कार्यालयमा मतदाता स्वयमले निवेदन दिन सक्ने कार्यालय प्रमुख भुषालले बताउनुभयो ।
दिवशका अवशरमा भएको कार्याक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख प्रशासकिय अधिकृत आनन्द शर्मा भुषालले आगामी निर्वाचन सफल रुपमा सम्पन्न गर्न आफूहरु लाग्ने बताउनुभयो । आयोग निर्वाचनमा होमिएकाले सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक मित्र शरण शर्मा, कांगे्रस जिल्ला सचिव गोपाल बस्ताकोटी, राप्रपा जिल्ला सचिव गुनाखर काफ्ले, एमाले कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुधन थापा मगर, विवेकशील साझा पार्टी नवलपुरका अध्यक्ष देवराज पौडेल लगायतले निर्वाचनलाई विश्वसनिय बनाउन, आचार संहिताको पालना गराउन, विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न,खर्चलाई आचार संहिता अनुसार नियमन गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाहा गर्नुपर्ने बताएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |