२०८० मंसिर १४, बिहिबार
बुलिङटार । बुलिङटार गाउँपालिकाको दशौँ गाउँ सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले रु ४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबर बजेटको सम्बोधन गर्नु भएको छ ।
बुलिङटार गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष बस्ताकोटीले बुलिङटार गाउँपालिकाको पहिलो जनप्रतिनिधि भएकाले विकासको कामहरू धेरै सिक्दै अगाडि बढेको बताउनु भयो । अध्यक्ष बस्ताकोटीले भन्नुभयो “सिकाईको क्रममा कतै त्रुटि हुनसक्छ त्यसैले जनताको सामु माफी माग्नु परेमा हामी जनप्रतिनिधि भएको हैसियतले माफी माग्न तयार हुनुपर्छ ।” उहाँले यो अन्तिम बजेट भएको र आफूहरूको पाँच वर्ष कार्यकाल मध्य अब जम्मा तीन महिना बाँकी रहेको सबै जनप्रतिनिधिहरूलाई स्मरण गराउनुभयो । अबको तीन महिना भित्रमा आफूहरूले तय गरेका विकासको शीर्षकको काम पूरा गर्न तिव्र रुपमा लाग्नुपर्ने उहाँले जोड दिनुभयो ।
अध्यक्ष बस्ताकोटीले ५ वर्षको कार्यकालमा आफुहरुले गरेको विकासलाई एउटा किताबमा उतारी सबै जनताहरु सामु पुर्याउने योजना समेत गरेको बताउनु भयो । उहाँले भन्नु भयो “ जनप्रतिनिधिले गरेको काम बुझ्न सबै आम जनताको अधिकार छ, हामीले गरेको कामहरु एउटा किताबमा उतारयाैं भने आम जनताहरुलाई हामीले गरेको कामहरु बुझ्न सजिलो हुन्छ । ”
अध्यक्ष बस्ताकोटीले गाउँपालिकाले स्वास्थ्य, शिक्षा, बाटोघाटो, खानेपानी लगायतमा फड्को मारेको बताउनु भयो । कार्यक्रममा सबै जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनालले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |