२०८० मंसिर १६, शनिबार
कावासोती । नेपाली काङ्ग्रेस , माओवादी लगायतका पार्टी परित्याग गरि ५ सय बढि एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा एमाले नवलपुरको पार्टी कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा नेपाली काङ्ग्रेस , माओवादी लगायतका पार्टी परित्याग गरि ५ सय ३७ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले नवलपुरका पार्टी सचिव भिमलाल अधिकारीले बताउनुभयो ।
देवचुली, कावासोती, मध्यबिन्दुबाट अन्य पार्टी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेको सचिव अधिकारीले बताउनुभयो ।
विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरूलाई एमालेका नेताहरूले पार्टी सदस्यता प्रदान गरेका थिए । उनिहरुलाई अविर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
एमाले जनताको पार्टी भएको , विकास र संमृद्धिको एजेन्डा एमालेले मात्रै अगाडि बढाउन सक्ने देखेर आफुहरु एमालेको अभियानमा जोडिएको पार्टीमा प्रवेश गर्नेहरुले बताएका थिए ।
नेपाली कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै एमाले नेताहरूले एमालेप्रति जनताको विश्वास थप बढेको हुँदा अन्यपार्टी परित्याग गरि एमालेमा प्रवेशको लहर चलेको बताएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |