२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती १३ गैरी निवासी ५२ वर्षका माधव प्रसाद गिरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुषन्धाका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप गिरीका अनुसार कावासोती १२ र १३ का दुई जनालाई नियन्त्रणमा लिएको बताउनुभएको छ । उहाँले अहिलेसम्म घटनामा संलग्न भएको आधार फेला नपरेको तर , आशंकामा नियन्त्रणमा लिएर अनुषन्धान अगि बढाएको जानकारी दिनुभयो । अनुषन्धानका क्रममा रहेकाले नाम भन्न नमिल्ने उहाँको भनाई छ ।
कावासोती १३ ग्ररीका मृतक अटो चालक गिरीको कावासोती १३ स्थीत बौनाह पुल नजिकैको पानीको पोखरीमा गाडेर जलकुम्भीले ढाकेर छाडिएको अवस्थामा मंगलबार बिहान शव फेला परेको थियो । प्रहरीले बाग्मती प्रदेशबाट कुकुर ल्याएर घटनाको अनुषन्धान गरिरहेको छ । कुकुरले ट्रयाक पहिचानका क्रममा नियन्त्रणमा लिएका व्यक्तीको घर पु¥याएको उहाँले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।
मृतककी छोरी सृष्टि सिरिषका अनुसार समेबार राति करीब साढे नौ बजेतिर एक जना २१ , २२ वर्षका यूवा आर्मी हो । लौखानीसम्म छाडिदिनुप¥यो भनेर अटोमा लग्दिनका लागि बिन्ती गरेको थियो । मृतक गिरीले राति नजाने कुरा गर्दा जति पैसा लागेपनि दिने , रक्सि पनि खुवाउने भन्दै उसले छोरी सृष्टिको समेत खुटटो ढोगेर पु¥याउन आग्रह गरेको छोरी सृष्टिको भनाई छ । उहाँले उक्त वयक्तीलाई पहिलो पटक देखेको बताउनुभएको छ । करीब राति १० बजे अटो लिएर निस्कनुभएका मृतक गिरी १२ बजेसम्म पनि नआएपछि बारम्बार फोन गर्दा फोन नलागरेको मृतककी श्रीमती पूजा कुमारी श्रीसले बताउनुभयो । पहिले पनि बिरामी लिएर अटोमा लैजाने राति पनि घरमा नआउने गरेकाले त्यस्तै केही परेरनआएको होला भन्ने सोचेर राति सुतको श्रीमती पूजाको भनाई छ । मंगलबार बिहान ६ बजेतिर स्थानीयले बौनाह पुल नजिकै अटो दुर्घटनाग्रस्त अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । त्यसपछि परिवार र स्थानीयले अटो भएको आसपास खोजतलास गर्दा शव फेला पारेका हुन् । श्रीमती पुजाका अनुसार अटो भएको स्थानभन्दा तल्लो पट्टी जमिनमा घिसारेको डाम , पैसा छरिएको अवस्था , जुत्ता चप्पल समेत देखेपछि कहि पानी मुनी केही गरेर फालेका त होईनन् भन्ने शंका लागेर हेर्दा शव गाडेको अवस्थामा फेला परेको थियो ।
श्रीमती पूजाका अनुसार सोमबार दिउसो पनि उस्तै हुलिय भएका एक युवक अटो खोज्दै घरमै आएका थिए । मृतक गिरी नभएपपछ उनी फर्किएका थिए । राति आफु सुतेकाले उक्त युवकलाई नदेखेको छोरीले बताए अनुसार सोही व्यक्ती हुन सक्ने उहाँको भनाई छ । घटना स्थल न जिकै फेला पारिएको जुत्ता , मोबाईल अटो खोज्दै आएका व्यक्तीकै रहेको छोरी सृष्टिले दावी गर्नुभएको छ । प्रहरीले घटना स्थललाई शील गरेर अनुषन्धानलाई अगाडी बढाएको छ ।
गिरीको सुनियोजित रुपमा हत्या भएको आशंक स्थानीय र आफन्तले गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |