२०८० मंसिर १४, बिहिबार
आर्थिक वर्ष ०७७/७८ को मुुनाफाबाट एक सय १९ कम्पनीको लाभांश स्वीकृत भए पनि १९ कम्पनीको बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, लाभांश प्रस्ताव गरेका चार कम्पनीको साधारणसभा सम्पन्न हुुन बाँकी छ । नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २६ बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये पाँचवटा बैंकको मात्र बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
जसमा कुुमारी बैंकको ६ प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३ प्रतिशत, सिटिजन बैंकको १२ दशमलव ९१ प्रतिशत, सानिमा बैंकको १७ प्रतिशत, मेगा बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, २५ विकास बैंकमध्ये १० बैंकले मात्र साधारणसभा सम्पन्न गरेका छन् । जसमध्ये नौ बैंकले लाभांश प्रस्ताव गरेका थिए । तीमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत, कामना सेवा विकास बैंकको १८ दशमलव ५ प्रतिशत बोनस मात्रै नेप्सेमा सूचीकृत भएको छ ।
फाइनान्सतर्फ नेप्सेमा सूचीकृत २६ कम्पनीमध्ये ११ ले मात्रै लाभांश प्रस्ताव गरेका छन् । प्रस्ताव गरेका कम्पनीमध्ये जानकी फाइनान्सको साधारणसभा सम्पन्न हुुन बाँकी छ । बाँकी १० कम्पनीको साधारणसभा सम्पन्न भए पनि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचीकृत हुन सकेको छैन ।
त्यसैगरी, हाइड्रोपावरतर्फ नेप्सेमा सूचीकृत ४७ कम्पनीमध्ये १३ कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । १३ वटै कम्पनीको साधारणसभा सम्पन्न भए पनि सातवटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, सानिमा माई हाइड्रोपावरको १० प्रतिशत, अरुण काबेली पावर लिमिटेडको १७ प्रतिशत, ङादी ग्रुुप पावर कम्पनीको २० प्रतिशत, रुरु जलविद्युुत् परियोजनाको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, लगानीगत समूहअन्तर्गत नेप्सेमा सूचीकृत पाँच कम्पनीमध्ये तीनवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । तीनवटै कम्पनीको साधारणसभा सम्पन्न भए तापनि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचीकृत हुन सकेको छैन ।
उत्पादनमूूलक समूूहअन्तर्गत नेप्सेमा सूचीकृत १९ कम्पनीमध्ये चारवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये आठवटा कम्पनीको साधारणसभा सम्पन्न भएकोमा चारवटाले लाभांश प्रस्ताव गरेका थिए । साधारणसभा सम्पन्न गरेको तीन महिना बितिसक्दा प्रस्तावित सेयर नेप्सेमा सूचीकृत भएको छैन ।
माइक्रो फाइनान्स समूूहअन्तर्गत ५५ संस्थामध्ये ५१ वटाको साधारणसभा सम्पन्न भइसकेको छ । जसमध्ये ४२ वटा संस्थाले लाभांश प्रस्ताव गरेका छन् । तीमध्ये पाँचवटा संस्थाको मात्र लाभांश नेप्सेमा सूचीकृत भएको छ । आशा लघुुवित्त वित्तीय संस्थाको बोनस सेयर २५ प्रतिशत, स्वरोजगार लघुुवित्त वित्तीय संस्थाको २५ प्रतिशत, लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको २० प्रतिशत, साधना लघुुवित्त वित्तीय संस्थाको २५ प्रतिशत, गुुराँस लघुवित्त वित्तीय संस्थाको १६ दशमलव ९० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, निर्जीवन बिमा समूूहतर्फ नेप्सेमा सूचीकृत १८ कम्पनीमध्ये पाँच कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये तीनवटा कम्पनीको साधारणसभा सम्पन्न हुन बाँकी छ । लाभांंश प्रस्ताव गरेका प्रिमियर लाइफ इन्स्योरेन्सबाहेक चारवटा कम्पनीको साधारणसभाको मिति तोकिएको छैन ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |