२०८० मंसिर २०, बुधबार
कावासोती । एकीकृत शक्ति नेपालको जिल्ला सहकर्मी प्रारम्भिक भेला नवलपुरमा भएको छ । विकल्प चाहनेका लागि परिवर्तन सम्भव छ भन्ने नाराका साथ नयाँ दल एकीकृत शक्ति नेपालले नवलपुरमा जिल्ला सहकर्मी प्रारम्भिक भेला गरेको हो ।
पार्टीका केन्द्रिय अध्यक्ष देव प्रसाद त्रिपाठीले भेलालाई सम्बोधन गर्नुभएको थियो । कावासोतीको शहीद स्मृति विद्यालय नजिक रहेको पार्टी कार्यालय भवनमा भेला सम्पन्न भएको हो । भेलाले माधव प्रसाद लम्सालको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको छ । २० सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलामा पार्टी महासचिव डा. विपी तिमिल्सिनाले पार्टी भावी रणनिति र कार्यक्रमको बारेमा बोल्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |