२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकामा रहेका औषधी पसलको छड्के अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संयोजकत्वमा भएको अनुगमनमा कावासोती ८ मा रहेको अमृत मेडिकल हल र लुम्बिनी फार्मेसीमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
अमृत मेडिकलले औषधी पसल सञ्चालनको अनुमती लिएर क्लिनीक सञ्चालन गरेको पाईएको घिमिरेले बताउनुभयो । यस्तै २४ सै घण्टा डाक्टर हुनुपर्नेमा नभएको , सामान्य सल्यक्रियाका लागि आवश्यक सामाग्रीहरु निसंक्रमित गर्ने सामाग्री नभएको , डाक्टरहरुसंग आवश्यक सम्झौता लगायतका कागजात समेत नभएको , मापदण्ड विपरित क्लिनीक सञ्चालन गरेको , सरसफाई नभएको , म्याद नाघेका औषधी समेत राखेको पाईएकाले त्यसलाई तत्काल सच्चाउन निर्देशन गरिएको घिमिरेले जानकारी दिनुभयो । तत्कालका लागि मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई नियमभित्र आउनका लागि अनुरोध गरिएको र अटेर गरे नियम अनुसार कारवाही गरिने प्रजिअ घिमिरेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, जिल्ला अस्पताल, घरेलु तथा साना उद्योग कार्यलय, कावासोती नगरपालिका र उद्योग बाणिज्य संघको प्रतिनिधिको रोहबरमा अनुगमन भएको हो ।
प्रजिअ घिमिरेले जिल्लामा सञ्चालित सबै स्वास्थ्य संस्थाहरुलाई मापदण्डभित्र सञ्चालन गर्न आग्रह गर्दै नियमित रुपमा अनुगमनका काम प्रशासनले गर्ने जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |