२०८० मंसिर २४, आईतबार
कावासोती । राष्ट्रिय युवासंघ नेपाल नवलपुरले परमादेशबाट गठित सरकारले स्थानीय निर्वाचन सार्न खोजेको भन्दै यसो गरिए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार नवलपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै राष्ट्रिय युवा संघले निर्वाचन आयोगले तोकेको समयमा स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ । ज्ञापन पत्रमा लेखिएको छ । छ‘ परमादेशबाट गठित अलोकतान्त्रिक गठबन्धन सरकारले आवधिक निर्वाचनलाई तिलाञ्जलि दिँदै स्थानीय तहको निर्वाचन, निर्वाचन आयोगले ताकेको समयमा नगर्ने असंवैधानिक कदम चाल्ने कुचेष्टा गरिरहेको छ । यस्तो असंवैधानिक कदम विरुद्ध युवाहरू मुकदर्शक भएर बस्न सक्दैनन् । सरकारले तत्काल यो कदम फिर्ता लिन र निर्वाचन आयोगले तोकेको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जोडदार माग गरिन्छ । अन्यथा संगठन सरकार विरुद्ध खबरदारी आन्दोलन गर्न बाध्य हुनेछ ।’
राष्ट्रिय युवा संघ नेपालले कोभिडको महामारीको समयमा सरकारको रेकर्डबाट २४ लाख डोज कोभिड खोप हराउनु, सिटामोल लगायतका औषधिको अभाव हुनु, पेट्रोलियम पदार्थ लगायतको चर्को मूल्य वृद्धि भएको भन्दै जनताको स्वास्थ्य ,सहज जीवनयापनका सवालमा सरकार संवेदनशिल नभएको आरोप समेत लगाएको छ । सरकारले यि विषयमा गम्भिर खेलबाड गरेको भन्दै बेपत्ता पारिएको कोभिड खोप सार्वजनिक गर्न, सिटामोलको आपूर्ति गर्न, मूल्य वृद्धि फिर्ता लिन समेत राष्ट्रिय युवा संघ नेपाल नवलपुरले माग गरेको छ ।
युवा संघ नेपालले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले सडक निर्माण गर्दा र दार्चुला स्थित महाकाली नदिमा एकपक्षीय ढंगले भारतले तटबन्धन निर्माण गरि नदिको वहाव नेपाल तर्फ फर्काउने कार्य गरेको विषयमा नेपाल सरकारले यि कार्य रोक्न कुनै कूटनीतिक पहल नगरेको आरोप लगाएको छ । सरकारले यस्ता कार्य रोक्न पहल गर्नुपर्ने युवा संघ नेपालले माग गरेको छ ।
यस्तै सरकारका मन्त्री रेणु यादवले हत्याकाण्ड घटाउन भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै यसले मान अधिकार र कानुनी राज्यको खिल्ली उडाउनुका साथै अराजकता र मानवीयता विरुद्धको अपराध गरेको भन्दै निज मन्त्रीलाई तत्काल पदमुक्त गरि कानुनी दायरामा ल्याउन जोडदार राष्ट्रिय युवा संघ नेपाल नवलपुरले माग गरेको छ ।
युवा संघले मध्यविन्दु, विनयी त्रिवेणी लगायतका स्थानहरूमा बाघको त्रास कायम रहेको र जनधनको क्षति भएको भन्दै यसको नियन्त्रणका लागि समेत प्रशासनसँग माग गरेको छ ।
ज्ञापन पत्र बुझाउदै राष्ट्रिय युवा संघ नेपाल नवलपुरका संयोजक कृष्ण कँडेलले आफ्ना मागहरू यथाशीघ्र कार्यन्वयन नगरिए आफुहरु आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राष्ट्रिय युवा संघ नेपाल नवलपुरले बुझाएको ज्ञापन पत्र प्रधामन्त्री कार्यालयमा पठाउने बताउनुभयो । ज्ञापन पत्र बुझाउन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मदन गिरी, एमाले जिल्ला कमिटिका सदस्यहरु,जिल्ला इन्चार्ज दिपक शर्मा लगायत राष्ट्रिय युवा संघ नेपाल नवलपुरमा आवद्ध युवाहरू प्रशासन कार्यालय पुगेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |