२०८० मंसिर २४, आईतबार
नवलपुर । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै नवलपुरमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमता भन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेररगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा लिएरनलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरेरनगरेको जस्ता विषयमा अनुगमन थालिएको हो ।
दैनिक जिल्लामा स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमन गरिएको ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी जिल्लाका मुख्यमुख्य चोक एवं भीडभाड हुने क्षेत्रमा सवारी साधनको अनुगमनलाई तीव्रता पारेको जनाइएको छ ।
सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारी साधन चलाउन, सवारीमा यात्रु कोचिएर नराख्न वा सिट क्षमता अनुसार मात्र यात्रु राख्न चालकहरुलाई भनिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |