२०८० मंसिर २०, बुधबार
कावासोती । २४ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा भुकम्प र असर सम्बन्धी सचेतना कार्यक्रम कावासोतीमा भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुर र कावासोती नगरपालिकाको आयोजनामा कावासोतीमा भएको कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले भौतिक संरचनाहरू भूकम्पीय दृष्टिले सुरक्षित बनाउन सबैमा आग्रह गर्नुभयो । भौतिक संरचना कमजोर हुँदा भुकम्पको समयमा क्षेत्र जनधनको क्षति हुने गरेको बताउँदै संरचना बनाउँदा हेलचेक्र्याइँ नगर्न अनुरोध गर्नुभयो ।
कावासोती नगरपालिकाले नगरपालिका भित्रका भवनहरूलाई भुकम्पका हिसाबले सुरक्षित बनून् भनेर भवन निर्माण संहितालाई कडाइका साथ कार्यान्वयन गरेको बताउनुभयो । तर पनि कतिपय मानिस सचेत नहुँदा मापदण्ड विपरित नक्सापास नगरी भवन बनाउने गरेको उल्लेख गर्दै यसमा आम नागरिक समेत आफै सचेत बन्नुपर्ने बताउनुभयो । नगरपालिकाले भवनहरू मजबुत बनून् भनेर डकर्मीहरु लाई प्राविधिक तालिम समेत प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर पवन रूपाखेतीले भूकम्पीय दृष्टिकोणले नेपालमा जोखिम, भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले घर निर्माण गर्दा आवश्यक मापदण्डको पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । भुकम्पका कारण क्षति हुने भन्दापनि मानिसले बनाएका कमजोर संरचनाका कारण जनधनको क्षति हुने बताउँदै सबै यस विषयमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द भुसाल, प्राध्यापक गिरिराज गिरी, चेतनारायण अधिकारी, पत्रकारहरू शालिकराम कोइराला ,रामकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले भुकम्पबाट हुने क्षतिको न्यूनिकरणका लागि सुरक्षित र मजबुत भौतिक संरचना निर्माणनै रहेको बताएका थिए । कार्यक्रममा कावासोती नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका शिक्षा श्रोत व्यक्ति तीर्थ कंडेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |