२०८० मंसिर १६, शनिबार
कावासोती , पुस ३० । पूर्वी नवलपरासी ( नवलपुर ) जिल्लामा आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले अहिले तिब्र गतिमा कोराना भाइरसको ओमिक्रोन संक्रमण फैलिरहेको हुँदा सर्तकता अप्नाउन आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रशासन कार्यालयमा पत्रकारसंगको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न यो समय चेन ब्रेक गर्ने समय भएकाले भिडभाड नगर्ने , भेटघाट सकेसम्म नगर्ने, गर्नै पर्ने अत्याश्वक काम परेमा स्वास्थ्यका मापदण्ड पुरा गरेर गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । उहाँले विद्यालयहरुलाई समेत आत्तिएर विद्यालय नखोल्न उहाँले आग्रह गर्नुभएको छ । ओकिक्रोन संक्रमण भर्खर भर्खर सुरु भएको समय भएकाले अहिले नै सतर्क भएमा नियन्त्रणमा टेवा पुग्ने उहाँले बताउनुभयो । यस्तै उहाँले आफु आएपछि नै नागरिकलाई खोप लगाउने कुरालाई प्राथमिकतामा राखेर समन्वय गर्ने काम सुरु गरेको बताउनुभयो । स्वास्थ्य कार्यालयसंग समन्वय गरेर खोपलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताउनुभयो । उहाँले खोप लगाउने तालिका र खोपका बारेमा सबै स्थानीय संचार माध्यमबाट सहज तरिकाले सुचना प्रवाह गर्न समेत संचारकर्मीलाई आग्रह गर्नुभयो । माघ १५ गते भित्र जिल्लाका सबै नागरिकलाई खोप लगाउने योजना अनुसार काम गर्न लागि परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली , प्रेस चौरी नवलपुरका अध्यक्ष शालिकराम कोइराला , क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष राम कुमार श्रेष्ठ , क्रियाशिल पत्रकार महिला नवलपरासी अध्यक्ष ज्ञानु पंगेनी लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सहभागि संचारकर्मीहरुले जिल्लामा जिल्ला हुलाक स्थापना , जिल्लामा हुने नदीजन्य पदार्थको अवैद्य दोहन , नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या , पूर्वपश्चिम राजमार्ग विस्तारले निम्त्याएको समस्या , प्रशासनबाट दिने सेवामा हुने अनियमिता , सुचना प्रवाहको प्रभावकारीता लगायतका विषयमा अवगत गराउनुभएको थियो । पत्रकारहरुले राखेका सबै समस्या र सुझावलाई क्रमशः आफुले समाधान गर्न प्रयासरत रहने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |