२०८० मंसिर २५, सोमबार
कावासोती नगरपालिका १२ पिठौलीको ठूलो एकादशी मेला लाग्ने स्थानमा सरसफाई संगै अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नगर युवा सञ्जाल कावासोती नगरपालिकाको आयोजना , पिठौली चउर युवा समिति र प्राकृतिक संरक्षण समूहको सहकार्य तथा कावासोती नगरपालिकाको सहयोगको धार्मिक क्षेत्र सरसफाई एवम् वातावरण संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले सरसफाई गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बोल्दै उहाँले कावासोती १२ को धार्मिक क्षेत्र बिकास र पिठौली को पर्यटन विकासका निम्ति नगरबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वातावरण संरक्षण गर्न सकेमा मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेमा जोड दिनुभयो । जैविक विविधताको संरक्षणबाट नै पर्यटक भित्राउन सकिने र जैविक विविधता जोगाउन वातावरणको संरक्षण आवश्क रहेको उहाँले बताउनुभयो । धार्मिक क्षेत्रमा आउने धार्मिक पर्यटक वा प्रकृतीमा रमाउन आउने अन्य आगन्तुकलाई सफा , स्वच्छ र हराभरा वातावरणबाट नै प्रभावित पार्न सकिने हुँदा सरसफाईको कामलाई निरन्तरता दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जटायु रेष्टुरेष्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले वातावरण संरक्षण सम्बन्धि सचेतना मुलक जानकारी प्रस्तुत गर्नुभएको थियो ।
एकादशी मेला लाग्ने चउर तथा आसपासका सबै क्षेत्रमा सरसफाई गरेर फोहोरको व्यवस्थापन समेत गरिएको छ । कार्यक्रमबाट प्राकृतिक संरक्षण समूह र पिठौली चउर युवा समितिले प्रत्येक महिना नारायणी नदी किनार सरसफाइ गर्ने र नदी किनारमा पर्यटकलाई बस्ने व्यवस्था मिलाउने र पर्यटन बिकास गर्ने योजना समेत बनाईएको छ ।
कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी , प्राकृतिक संरक्षण समुह अध्यक्ष धनबिर गुरुङ , पिठौली चउर युवा समितिका अध्यक्ष सगर गुरुङ , शान्ती निकुञ्ज माविका प्रध्यानाअध्यापक हरि प्रसाद न्यौपाने , लौखानी रेन्ज पोस्ट , लामिचौर मध्यवर्ती , कावासोती १२ का युवा र नगर युवा संजालका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर युवा संजाल कावासोती नगरपालिका अध्यक्ष खडक मान मानन्धर (नवीन) को अध्यक्षता रहेको थियो । उहाँले समग्र युवालाई वातावरण संरक्षण गर्न गोलबद्द गर्दै आफ्नो गाउँठाउँको पर्यटन विकासमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |