२०८० मंसिर १६, शनिबार
डण्डा । सनलाइट सामुदायिक विकास केन्द्र कावासोती १६ को ८ औँ साधारण सभा तथा अधिवेशन आज डण्डामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपाल सिर्पालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिका १६ का वडा अध्यक्ष एकादत्त वस्ति रहनु भएको थियो । युवाहरूको सक्रियताले क्लबलाई अगाडि बढाएको र क्लबले समाजमा धेरै रूपान्तरण ल्याएकोमा प्रमुख अतिथिले खुशी व्यक्त गर्नु भएको थियो । हिजो संस्थालाई हुर्काउन निकै संघर्ष गर्नु परेको, निकै समस्याका बाबजुत पनि क्लबलाई सक्रिय बनाईराखेले पनि आज क्लब यहाँसम्म आएको प्रमुख अतिथि वस्तिले बताउनुभयो ।
कावासोती १६ को अग्यौली सामुदायिक पुस्तकालयको सभाहलमा भएको कार्यक्रममा आज खुल्ला सत्र मात्र भएको छ भने बन्द सत्रको निम्ति माघ ८ गते तोकिएको छ ।
२०५४ सालमा कावासोती १६ मा रहेको तत्कालिन शान्ति युवा क्लब र सयपत्री युवा क्लब एकता भई सनलाईट युवा क्लब बनेको हो । हाल यस संस्थामा १०११ आजीवन सदस्य रहेका छन् । अघिल्लो पटक नेतृत्वको लागि सहमति नभए पछि चुनाव नै गर्नु परेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |