२०८० मंसिर २०, बुधबार
कावासोती । अग्रेजि नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्तिको अवसर पारेर नवलपुरको कावासोती १७ गोछडामा सोमबारदेखि ( आज ) राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको संघीय सासंद तिलक महतले एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । उहाँले खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै खेलाडी भनेको राष्ट्रको गौरब र खेल क्षेत्र नगर ,जिल्ला , देश तथा विदेशमा समेत देश चिनाउने माधयम रहेको बताउनुभयो । उहाँले देशलाई विश्वमा नै चिनाउने खेल क्षेत्रको विकासका लागि आफु सदैव तयार रहेको बताउनुभयो । उहाँले स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो पक्ष रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया , कावासोती वडा नं. १० का अध्यक्ष टेक नारायण महतो , १७ का अध्यक्ष छविलाल महतो , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन , रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत , समाजसेवी रामकृष्ण ढुङाना , भेष बहादुर अधिकारी , ईन्द्र सिग्देल , युक्त प्रसाद गौडेल लगायतका अतिथिहरुको सहभागिता रहको थियो ।
उद्घाटन कार्यक्रम रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर शाखाका अध्यक्ष भिम बहादुर महतोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा खेल संयोजक पुष्परत्न महतोले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले युवा अवस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका कतिपय खेलाडीहरूलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त गराउन मदत पुग्ने बताउनुभयो । कार्यक्रममासरस्वती माविका शिक्षक डिल्लीराम न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबचि भएको खेलमा नवलपरासी पश्चिम एकका बिरुद्ध दुई गोल अन्तरले विजयी भएको हो । नवलपरासीको तर्फबाट जर्सी नं. ९ का कृष्ण शर्मा र जर्सी नं. ११ का नर बहादुर रानाले गोल गर्नुभएको थियो । भने ,चितवनका लागि जर्सी नं. १३ का सोम लामाले एक गोल गर्नुभयो । उद्घाटन खेलमा नवलपरासीका खेलाडी राजु गुरुङ म्यान अफ दी म्याच घोषित हुनुभयो ।
मंगलबार ( भोली ) तीन वटा खेल हुदैछन् । पहिलो खेल आयोजक नवलपुर र रजहर चर्चबीच बिहान ११ बजे हुँदैछ । आयोजकको तर्फबाट गायक बद्री पंगेनीले मंगलबार ( भोली ) खेल खेल्ने नेत्र थनेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासी सहित काठमाण्डौ , पोखरा , हेटौँडा , चितवन , सुर्खेत वीरगञ्जका गरि १२ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्धीतीय हुने टिमले नगद ५१ हजार , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलकर्ता , उत्कृष्ट खृलाडीले समेत नगद पाँच हजार र ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
४० वर्ष माथिका खेलाडीहरूले मात्रै खेल्ने भेट्रन्स कप फुटबल प्रतियोगिता कावासोती १७ को गोछडा स्थित सरस्वती माविको खेल मैदानमा सुरु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |