२०८० मंसिर २५, सोमबार
कावासोती। नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशनका लागि आज एकै साथ जिल्लाका ७५ वटा वडाबाट प्रतिनिधि छनौट हुँदै छन् । जिल्लाका ८ पालिका भित्रका ९२ वटा वडा मध्य आज देवचुली नगरपालिका अन्तर्गतका १७ वटा वडा बाहेकका ७५ वटा वडाबाट प्रतिनिधि छनौट हुँदै छन् । देवचुली नगरपालिकामा भने खानेपानी, वन समितिको निर्वाचनका कारण प्रतिनिधि छनौट कार्य पछाडि सारिएको नेकपा एमाले नवलपुरका सचिवालय सदस्य एवं कावासोतीका सह इन्चार्ज भीम कँडेलले जानकारी दिनुभयो । देवचुलीका १७ वटा वडाका प्रतिनिधि छनौट पुस २१ गते हुने उहाँले बताउनुभयो ।
जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गर्दा एक सय सङ्गठित सदस्य बराबर एक महिला सहित तीन जना र थप पचास सङ्गठित सदस्यमा १ जना ,यसमा थप ५० जनामा १ जना महिला सहित २ जना प्रतिनिधि छनौट हुने सचिवालय सदस्य कँडेलले जानकारी दिनुभयो । दलित, उत्पीडित र मजदुरको हकमा पालिकालाई इकाई मानी १५ सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट हुनेछन् । जिल्लाका हरेक वडाबाट न्यूनतम तीन जना प्रतिनिधि जिल्ला अधिवेशनका लागि छनौट हुनेछन् ।
नेकपा एमाले नवलपुरका अनुसार जिल्ला भर ११ हजार २ सय ८१ सङ्गठित सदस्य रहेका छन् । जिल्ला अधिवेशनका लागि जिल्ला भरबाट ७ सय बढि प्रतिनिधि छनौट हुने जनाइएको छ ।
पुस २३ गते कावासोतीमा नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनले पाँच पदाधिकारी सहित एक सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्ने छ । अध्यक्ष ,उपाध्यक्ष ,सचिव एक/एक र दुई जना सहसचिव सहित १०५ सदस्यीय कमिटी अधिवेशनले चयन गर्ने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |