२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यविन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।
शुक्रबार बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारूलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । सारू सँगै गएका अन्य स्थानीयले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटना स्थल पुगेको थियो ।
घटना स्थल अरुणखोला– दुम्कीबास सडक खण्ड भन्दा करिव पाँच सय मिटर दक्षिण तर्फ रहेको प्रहरीले जनाएको छ ।
नवलपुरमा यस अघि एक महिना अगाडि मंसिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वनका वन रक्षकको मृत्यु भएको थियो । सो घटना स्थल र आजको घटना स्थल केही दुरीको फरकमा रहेको छ ।
सो वन आसपासमा बाघको आतंक भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचना मार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो । यस क्षेत्रमा बाघ देखिएपछि त्रसित भएका स्थानीय बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि थप चिन्तित भएका छन् । बाघ नियन्त्रण गरि निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने स्थानीयको भनाईरहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |