२०८० मंसिर १६, शनिबार
कावासोती ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएर लाजेको जाम , घाम लागेसँगै हटेको छ । वर्षाले गर्दा डाइभर्सन मर्मत गरेपनि हिलो हुँदा सवारी वारपारमा समस्या भएको थियो ।बिहिबार घाम लागेसँगै हिलो कम भएर यातायाता सञ्चालमा सहजता भएको हो ।
हिलोका कारण सवारी वारपार हुन नसक्दा लागेको लामो जाम, घाम लागेर हिलो ओभाएसँगै हटेको छ जाममा परेका सवारी आफ्नो गन्तव्य तर्फ छुटेका छन् ।
नारायणगढ –बुटवल सडक विस्तारका क्रममा कम जनशक्ति परिचालन कल्भर्ट तथा पुलहरु निर्माण गर्दा निर्माण कार्य लम्बिदै जाने गरेको छ ।यसले कुनै पनि समय पानि परे राजमार्ग अवरुद्ध हुने गरेको छ । साथै पुलहरु समयमा निर्माण नगर्दा डाइभर्सनका कारण यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ । निर्माण पक्षले डाइभर्सनकै कारण राजमार्ग घण्टौं जाम हुने समस्या आएको देख्दा देख्दै समेत पुल तथा कल्भर्ट छिटो बनाउन बेवास्ता गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |