२०८० मंसिर १४, बिहिबार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११मा धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेका अवस्थामा बुढो भएर मरेको छ ।
खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे । सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र ४ भाले चित्तल मरेका हुन । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका जनाइएको छ । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन वटा विभिन्न जनावर मरेको तिवारीले वताउनुभयो । मगर गोही गाडीले किचेर मरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणले मर्ने वन्यजन्तुको सङ्ख्या घटाउन आवश्यक सावधानी अपनाइएको जानकारीदिनुभयो । निकुञ्जभित्र चोरी शिकारीका कारणले भन्दा प्राकृतिक कारणले अधिकांश वन्यजन्तु मरेका हुन । निकुञ्ज बाहिर राष्ट्रिय वन र वरण्डाभार क्षेत्रमा सवारी साधनले किचेर मरेका वन्यजन्तुको तथ्याङ् डिभिजन वन कार्यालयले राख्ने गर्दछ । रासस
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |