२०८० मंसिर १६, शनिबार
दुम्किबास । बस्ती आसपास बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । नवलपरासी –बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबास आसपास बाघ देखिएपछि यस क्षेत्रका स्थानीय त्रसित भएका छन् ।
दुम्किबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले एक सूचना जारी गरेर गाउँपालिका बासीलाई सतर्क रहन अपिल समेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले बताउनुभयो । बाघ दुम्कीबास ,बघुबन सहित पूर्व पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयले बताएका छन् ।
गत महिना मात्रै विनयी त्रिवेणी गाउँपालिका –१, स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जित बहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरी बस्ती छेउछाउका जङ्गलमा बाघ देखिएकाले आफूहरूले रातिको समयमा बन क्षेत्र नजिकका क्षेत्रमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो ।
बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पुर्याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरि निकुञ्ज क्षेत्र लैजान डिभिजन वन कार्यालय मार्फत पत्राचार गरिसकिएको गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो । ‘बाघले स्थानीय त्रसित भएका छन्, यसको नियन्त्रणका लागि हामिले डिभिजन कार्यालय मार्फत निकुञ्जलाई पत्राचार गरिसकेका छौं’ गाउँपालिका अध्यक्ष जिसीले भन्नुभयो –उक्त बाघ नियन्त्रणमा लिएर निकुञ्ज नलैजाने समयसम्म सबैलाई सतर्क रहन आग्रह गर्दछु ।
विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका ,देवचुली नगरपालिका सहित गैंडाकोट नगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीहरूमा सधैँ जसो वन्यजन्तुको त्रास रहने गर्दछ ।
निकुञ्जबाट आउने वन्यजन्तुका कारण मानवीय क्षति सँगै पशु चौपाया र बालीनालीमा क्षति पुग्ने गरेकाले यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । निकुञ्जबाट बस्ती छिर्ने बाघ, गैंडा, बदेल लगायतका जनावरका कारण सधैँ त्रास हुने गरेको साथै बालीनालीमा समेत क्षति पुर्याउने गरेको कावासोतीका स्थानीय स्थानीय शिव महतोले गुनासो व्यक्त गर्नुभयो ।
निकुञ्ज भित्रनै बन्यजन्तुको उचित बासस्थान र आहाराको व्यवस्थापन , वन्यजन्तु वस्ती प्रवेश गर्ने क्षेत्रमा तारजाली लगाउन लगायतका काम निकुञ्जले गर्नुपर्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |