२०८० आश्विन १४, आईतबार
रजहर । रजहरमा रहेको देवचुली माविले स्वर्ण महोत्सव पुस ८ गते देखि बैशाख १ गते सम्म विविध कार्यक्रम सहित गर्ने भएको छ । विधालयको स्वर्ण महोत्सव तथा ५० औैं वार्षिकोत्सव एवम् अभिभावक दिवस पुस ८ गते उद्घाटन गरि बैशाख सम्म सञ्चालन गर्ने विधालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
पुस ८ गते स्वर्ण महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
स्वर्ण महोत्सव कार्यक्रम अन्तर्गत विज्ञान प्रदर्शनी, विद्यार्थीहरूले बनाएका खानाका परिकारको महोत्सव , विद्यार्थी ,अभिभावक बिच फुटबल ,क्रिकेट प्रतियोगिता लगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।
यसैगरी स्वर्ण स्तम्भ निर्माण , स्मारिका प्रकाशन , ज्येष्ठ नागरिक सम्मान ,स्वास्थ्य शिविर , रक्तदान, योग सप्ताहका कार्यक्रम सहित पुनर्मिलन कार्यक्रम समेत गरिने प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।
स्वर्ण महोत्सव कार्यक्रम सफल पार्न तयारी तीब्र पारिएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य न्यौपानेले बताउनुभयो । विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै अगाडि बढेको सो अवसरमा उहाँले बताउनुभयो । विद्यार्थीको अध्ययनमा असर नपुग्ने गरि चैतमा धेरै कार्यक्रम गर्ने र समापन बैशाख १ गते गर्ने तयारी विद्यालयले गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |