२०८० आश्विन १४, आईतबार
कावासोती । गण्डकी प्रदेशसभा सदस्य रोशन वहादुर गाहाले नेपाल सरकार , स्थानीय तहको सरकारले लैङ्गिक हिंसा तथा महिला हिंसा बिरुद्ध बनाएका ऐन कानूनहरुलाई व्यवहारमा लागु गर्न जरुरी रहेको बताउनुभएको छ ।
शनिबार कावासोती दुई भाट्टोलमा आयोजना गरिएको स्थानीय सरकार , समुदाय , सरोकारवाला र महिलाहरुबीच लैङ्गिक समानता तथा महिला हिंसा बिरुद्ध एक दिवसीय अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गहाले सो कुरा बताउनुभएको हो । उहाँले हिंसा बिरुद्ध बनेका ऐन नियम र कानून जबसम्म कार्यान्वयनमा आउँदैन तबसम्म लैङ्गिक हिंसा , महिला हिंसा अन्त्य हुन नसक्ने बताउनुभयो । हिंसा बिरुद्धका कानून कार्यान्वयन गर्न सचेत नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा समावेशी हिसावले हिंसा न्यूनीकरणमा लाग्ने हो भने समुदाय हिंसा मुक्त हुन समय नलाग्ने बताउनुभयो । कुनै पनि महिलामाथी अन्याय परेमा जोकोहीले पनि त्यसका लागि लड्न तयार हुनुपर्नेमा उहाँको जोड थियो । अपराधी जोकोही भएपनि त्यस्तालाई ढाकछोप गर्न नहुने उहाँले बताउनुभयो । आपराधीक कृयाकलापमा संलग्नलाई मेरो आफ्नो मान्छे भनेर सजाय पाउनबाट रोक्न थालेमा समाजमा हिंसा र अपराधले प्रसय पाउने हुँदा अपराधीलाई जोगाउनै नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका वडा नं. दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल , सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासी पूर्वका अध्यक्ष ठाकुर प्रसाद पाण्डे , क्रियाशील पत्रकार महासंघ नवलपुर अध्यक्ष ज्ञानु पंगेनी लगायतले बोल्दै महिलाहरुको शसक्तीकरणले समाजमा हिंसामा पनि कमी आउने बताउनुभयो । आफुमाथी हिंसा भएमा सहेर बस्न नहुने , हिंसा बिरुद्ध निरन्तरको खबरदारीले नै सत्यको जीत हुने र अपराधीले कारवाही भोग्ने हुँदा अन्याय बिरुद्ध आवाज उठाउन छोड्न नहने उहाँहरुले बताउनुभएको थियो ।
प्राकृतिक श्रोत महिला अधिकार सञ्जालको आयोजना तथा सामुदायिक वन स्थानीय महासंघको सह आयोजनामा भएको कार्यक्रममा सञ्जालका अध्यक्ष सीता खड्काको अध्यक्षता रहेको थियो । उहाँले महिलाहरुको प्राकृतिक श्रोतमाथीको अधिकार कार्यान्वयनका लागि सञ्जालले काम गर्दै आएको बताउनुभयो । समुदायमा लैङ्गिक समानता कायम गर्दै महिलालाई प्राकृतिक श्रोत साधानको सदुपउोग गर्दै आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरालाई अभिप्रेरित गर्नका लागि सञ्जालले सहजीकणको काम गर्ने हुँदा , महिलाको हक अधिकारको सवालमा सचेतनाको कार्यक्रममा समेत सञ्जालले जोड दिने बताउनुभयो । हरेक हिंसा र अन्याय बिरुद्ध सबै एक भएर लाग्नका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आबघ रहेका महिलाहरुको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |