• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

५ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

वैदेशिक रोजगारी ः समुदाय देख्छ महिला दोषि तर, तथ्याङ्कमा पुरुष बढि

ज्ञानु पंगेनी ५९७ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २, शुक्रबार (१ साल अघि)

कावासोती ।वैदेशिक रोगजारीसंग जोडिएका परिवारका महिलाहरुमाथी लागाईने लान्छनाले एउटा सुन्दर घररिवार नै भत्ताभुङ्ग हुने अवस्था निम्त्याईरहेकाले सरोकारवालाहरुले यस विषयमा गम्भिर भएर काम गर्न आवश्यक रहको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भमा हिकोडेफद्धारा सञ्चालित सुरक्षित आप्रवास परियोजना ( सामी ) परियोजनाले शुक्रबार कावासोतीमा आयोजना गरेको वैदेशिक रोजगारको सामाजिक असर सम्बन्धमा अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको थियो । पछिल्लो केहि वर्षयता विदेशमा रोजगारीका लागि गएका पुरुषका श्रीमतीहरुलाई अनेकथरी लान्छना लगाएर समुदायमा सहज रुपमा जिवनयापन गर्ने वातावरणबाट बञ्चित गराउने सम्मका घटनाहरु हुने गरेकाले यस्ता गलत कार्य र गलत मानसिकतालाई चिर्नका लागि सचेतनासंगै दोषिलाई कडा कारवाही गर्न सकेमा मात्रै न्यूनीकरण हुन सक्ने सरोकारवालाहरुले औल्याउनुभएको छ ।
स्थानीय तहका मेलमिलापकर्ता , वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका अभियान्ता , संचारकर्मी लगायतले वैदेशिक रोजगारीका कारण समुदायमा देखिएका सामाजिक असरका बारेमा जानकारी गराउनुभएको थियो ।

विषेशगरि विदेशमा श्रीमान भएका श्रीमतीहरुलाई ,विदेशमा श्रीमानले कमाउने नेपालमा श्रीमती रमाउने , अर्कै परपुरुषसंग रमाउने , राम्रो लाउने खाने , जोसंग पनि हास्ने बोल्ने , हिड्ने डुल्ने र रमाईलो गर्ने , काम नगर्ने लगायतका अनेकथरि लान्छना लगाएर समुदायमा नराम्रो बनाउने , विदेशमा रहेका श्रीमानलाई समेत हुदै नभएका कुरा लगाएर सम्बन्ध नै विगार्ने जस्ता काम हुने गरेको जानकारी गराउनुभयो । विदेशमा रोजगारीका लागि पुगेका महिलाहरु सबै विदेशमा हिंसा र शोषणमा पर्छन ,विदेश गएका सबै महिला नराम्रा हुन भन्ने सोँच समुदायमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण राख्दै सुरक्षित आप्रवास परियोजना ( सामी ) परियोजनाका कार्यक्रम संयोजक ऋतुराम सोतीले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर सम्बन्धमा जानकारी गराउँदै समुदायमा राम्रो भन्दा नराम्रो कुरा छिटो फैलने हुँदा त्यसको असर पनि छिट्टै देखिने , जस्तै श्रीमान श्रीमतीको सम्बन्ध विग्रने, मानसिक समस्या सृजना हुने, आत्महत्या गर्ने , घरेलु हिंसा हुने , छोराछोरीलाई मानसिक असर पर्ने , पढाईमा असर पर्ने लगायतका सामाजिक असरले अन्त्यमा एउटा सुन्दर परिवार नै लथालिङ्ग हुने हुँदा यस सिकिमको लान्छना लगाउनु अघि जोकोहिले पनि गम्भिर भएर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरु धेरै परपुरुषसंग लाग्छन , भन्ने कुरा आएपछि सामीले नवलपरासी सहित देशका विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा त्यसको ठिक उल्टो परिणाम आएको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार वैदेशिक रोजगारीमा गएका ८ हजार ९ सय ३३ घरधुरीमा गरेको एउटा आन्तरिक सर्भेक्षणले देखाएअनुसार महिला वैदेशिक रोजगारीमा गएका घरधुरीबाट ३६% पुरुषले दोस्रो विवाह गरेको र पुरुष वैदेशिक रोजगारीमा गएका घरबाट २% महिलाले मात्र दोस्रो विवाह गरेको तथ्याङ्क आएको थियो । यसरी तथ्यले समेत महिलाहरु बढि हिंसा र लान्छनामा पर्छन भन्ने कुरा पुष्टि गरे पनि समाजमा व्याप्त पितृसतात्मक सोँच र महिलामाथी हुँदै आएको थिचोमिचोका कारण समाजले महिलालाई नै बढि दोषि देख्ने प्रवितीले प्रसय पाएको उहाँको भनाई थियो । विदेशमा श्रीमानले कमाईरहदा घरमा सबै कुरा धानेर ,बालबच्चा स्याहारेर , विदेशबाट आएको कमाईलाई व्यवस्थापन गर्नेक्रममा महिलालाई बाहिर हिडडुल गर्न , परपुरुषसंग हास्न बोल्न पर्ने तर , समाजले त्यसै कुरालाई नकारात्मक रुपमा टिकाटिप्पणी गरेर फैलाउने काम गर्दा महिलाहरुमाथी बढि असर परेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आलेले कार्यक्रममा बोल्दै महिला पुरुष जोसलाई समस्या परे पनि समान ढंगले व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । यस्ता घटनाहरु बृद्धि हुँदै जादा घरपरिवार , समुदाय र देशलाई नै असर पर्ने हुँदा यस्ता कृयाकलाप बिरुद्ध सरोकारवाला र सामुदायका अगुवाहरुले सकारात्मक पक्षलाई जोड दिदै सचेतना जगाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्तीले वैदेशिक रोगारीका सन्दर्भमा कतिपय केश शंकै शंकामा ठूलो हुने गरेको समेत पाइएकाले एक अर्कामा विश्वास कायम गर्न सक्नु नै महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले कुनै पनि कुरालाई सुनेकै भरमा विश्वास नगर्न आग्रह गर्दै तथ्यसम्म पुगेर मात्रै टिकाटिप्णी गर्नु उचित हुनेमा जोड दिनुभयो । वैदेशिक रोजगारीका सन्दर्भमा महिलाहरुले गरेका साना गल्तीलाई पनि ठूलो ईस्युका रुपमा बाहिर उजागर गर्ने तर, पुरुषले गरेका ठूला गल्ती पनि ढाकछोप गर्ने परिपाटी समुदायमा हुँदा महिलाहरु बढि पीडित बन्नुपरेको , महिलाहरुले बढि लान्छना भोग्नु परेको उहाँले बताउनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले वैदेशिक रोजगारीबाट सृजित सामाजिक असर भनेको सबैभन्दा बढि घरेलु हिंसा त्यसमा पनि महिला बालबालिका र जेष्ठ नागरिक बढि असरमा परेकाले यस्ता समस्यालाई समाधान गर्न शैक्षिक जागरण आवश्यक रहेकोमा जोड दिनुभयो । हिंसामा परेपछि कहाँ जाने भन्ने जानकारी नहुँदा पनि कतिपय न्याय पाउनबाट बञ्चित हुनुपरेकाले यस्ता जागरण ल्याउन सम्बन्धीत निकायले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेले सामी परियोजनाले महिला पुरुष सबैको समस्यामा काम गरिराखेको बताउनुभयो । सामीमा आउने केशहरु पुरुषहरुको तुलनामा महिलाहरुका नै बढि हुने भएकाले अलि बढि महिला लक्षित कार्यक्रम हुने गरेको बताउनुभयो । समुदायमा महिलाहरुमाथी तुलनात्मक रुपमा बढि हिंसा हुने र लान्छना लगाईने भएकाले पनि महिलाका कुरा बढि आउने उहाँको भनाई थियो । परियोजनाले जिल्लाको कावासोती , गैडाकोट , मध्यविन्दु नगरपालिका नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकासंगको समन्वयमा काम गरिराखेको भएपनि वैदेशिक रोजगारीका विभिन्न केशहरु सबै आठ वटै स्थानीय तह र जिल्ला बाहिरबाट आएका केशमा समेत काम गर्दै आएको बताउनुभयो ।
यसैबीच सोही कार्यक्रमका बीचमा वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । जिल्लाको कावासोती , गैडाकोट नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाका १० जना बालबालिकाहरुलाई कापि कलम , झोला लगायतका सामाग्री वितरण गरिएको थियो । जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आले , कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्ती , शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले विद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आप्रवासी कामदार हकहित मञ्च नवलपुरका अध्यक्ष युवलाल तिवारीले स्वागत गर्नुभएको थियो भने , परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ५ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution