२०८० आश्विन १२, शुक्रबार
नवलपुर । प्याब्सन नवलपुरको १५ औँ अधिवेशन अन्र्तगत उम्मेदवारी दर्ता सकिएको छ । यही पुस ३ गते हुन गइरहेको अधिवेशनको लागि बिहीबार उम्मेदवारी दर्ता भएको हो ।
जस अन्र्तगत अध्यक्ष पदका लागि दीपक रावत र हरिहर अधिकारीको उम्मेदवारी दर्ता भएको छ । बरिष्ठ उपाध्यक्षमा भिमलाल कँडेल र चन्द्रकान्त बस्याल यसै गरि उपाध्यक्ष पदका लागि प्रदिप बास्तोला र बिरेन्द्र चौधरीको उम्मेदवारी परेको छ ।
सचिव, कोषाध्यक्ष, सह सचिव र सहकोषाध्यक्ष पदमा भने क्रमश कान्तामणी चौधरी, चुरा बहादुर गुरुङ, अनिल थापा र मोहन सिंह थापा बाकबल सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यमा समेत सर्वसम्मत चयन गरिएको छ । पदम बराल, कमल चापागाईं, जगन्नाथ अर्याल, चिरिञ्जिबी गौडेल,नारायण थापा र युबराज गौतम सर्वसम्मत सदस्यमा चयन हुनुभएको हो ।
सर्वसम्मत हुन नसकेको पदका लागि पुस ३ गते निर्वाचन हुने जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |