२०८० आश्विन ५, शुक्रबार
कावासोती । पुस आठ गतेदेखि कावासोतीमा हुन लागेको प्रथम वृहत खाना ,पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सवको तयारी तीब्र पारिएको छ । नवलपुर होटल व्यवसायी संघले पुस ८ गते देखी पुस १७ गते सम्म आयोजना गर्न लागेको १० दिने महोत्सवको तयारीमा यती बेला आयोजक लागि परेको छ ।
कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउ भन्दै आयोजना गर्न लागिएको महोत्सवको तयारी स्वरुप प्रचार प्रसार सहित महोत्सव स्थलमा बिभिन्न संरचना निर्माणमा आयोजक टिम यतिबेला लागि परेको आयोजक नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताउनुभयो ।
महोत्सवको प्रचार प्रसारका लागि यतिबेला कावासोती स्थित राजमार्गमा स्वागत गेट निर्माणको काम सकिएको छ । साथै महोत्सव हुने स्थल टुबोर्ग ग्राउण्डमा बिभिन्न आदिवासीजनजातिका घर निर्माण, स्टल व्यवस्थापन, बाल उद्यान निर्माण लगायतका कामहरू अगाडि बढाइएको अध्यक्ष रानाले बताउनुभयो ।
यसै गरि डान्स आइडल छनौट चरणको कार्य समेत अगाडि बढिरहेको उहाँले बताउनुभयो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन बिभिन्न सरोकारवालासँग समन्वय लगायतको काम समेत चलिरहेको उहाँले बताउनुभयो ।
विभिन्न जातिका खानाका परिकार सहित संस्कृति झल्काउने नृत्य, स्थानीय उत्पादन देखी व्यापार व्यवसायका स्टल , स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती ,बाल उद्यान लगायत महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |