२०८० आश्विन १४, आईतबार
नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितीको उपाध्यक्ष्यमा राजन थकाली,सचिवमा टोल वहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल, र सहसचिवमा कृष्ण माया थापा सर्वसम्मतिले चयन भएका हुन् ।
सदस्यहरुमा खेम नारायण महतो, शिला गुरुङ , तेजेन्द्र राना , पुजा गुरुङ , टेक वहादुर रजाली , भिम वहादुर राना , याम वहादुर सोमै र चन्द्रा कुमारी महतो रहेका छन् । यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना , राम कुमार श्रेष्ठ , अशिफ गुरुङ , सुर्य कुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् ।
प्रदेश पार्सदमा जित नारायण थनेत शारदा झेडी , टोप वहादुर राना , दिपेन्द्र थापा , प्रितम भुजेल , शारदा श्रेष्ठ , मनिराम थनेत र सविता गुरुङ रहेका छन् । अधिवेशनको उद्घाटा सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताउनु भएको छ । शनिबार कावासोती नगरपालिकाको सभाहलमा विभिन्न सञ्चार गृहमा आवद्ध जनजाति पत्रकारको विशेष उपस्थित रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |