२०८० आश्विन १२, शुक्रबार
एलिना केसी
देवचुली । बालबालिका शसक्तीकरण तथा अन्तरक्रिया कार्यक्रम देवचुली नगरिपालिका १५ प्रगतिनगरमा रहेको विश्वज्योती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । बिहिबार देवचुली नगरपालिका वडा नं १५ को आयोजना र विश्वनाथ मेमोरियल ट्रष्टको सहकार्यमा वडा भित्र रहेका बालबालिकाको उपिस्थतीमा सम्पन्न भएको हो । देवचुली नगरपालिकाका कार्यापालिका सदस्य एवम् वडा नं १५ का वडा सदस्य माया सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १५ का वडाध्यक्ष हरिभक्त भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिका वडा नं १५ का वडा सदस्य सुरेन्द्र रानाभाटले उपस्थित बालबालिकाले सशक्तीकरण तथा अन्तरक्रिया कार्यक्रमका बिषयमा सहजीकरण गर्ने व्यक्तिहरूको कुरा ध्यान दिएर सुन्न र सुनेका कुरा भोलिका दिनमा व्यवहारमा उतार्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका हरिभक्त भट्टराईले बालबालिका भबिष्यका कणदार रहेकाले बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले पछिल्लो समय बालबालिकाले प्रविधिको धेरै मात्रमा दुरूपयोग गरेकाले बालबालिकाका लागि नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा उपस्थित बालबालिकालाई जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले प्रशिक्षण गर्नुभएको थियो । उहाँले बाल अधिकार भनेको के, बाल अधिकार के का लागि, बाल अधिकार कसका लागि र अन्य बालबालिकाका बिषयमा प्रशिक्षण गर्नुभएको थियो ।कार्यक्रममा विश्वज्योति माध्यमिक विद्यालयका प्रोग्राम कोअडिनेटर चन्दा बास्तोलाले बालबालिकाका लागि बेला बेलामा विभिन्न बिषयमा कार्यक्रम गर्दा बालबालिकाको मनोबल बढ्ने बताउनुभयो ।
कार्यक्रममा देवचुली १५ मा रहेको जनज्योति माध्यमिक विद्यालय, विश्व ज्योति माध्यमिक विद्यालय र पशुपती साङ्गवेद गरि तीनवटा विद्यालयका ७० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |