२०८० आश्विन १२, शुक्रबार
प्रिय धन ।चोरमारा। नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आधारभूत तह ( कक्षा ६ , ७ , ८ ) स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । मध्यविन्दु नगर शिक्षा शाखाको आयोजना तथा मध्यविन्दु ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयको संयोजनमा लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा यही मंसीर १७ गते शुकबार हाजिरीजवाफ प्रतियोगिता हुने नगर शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । शिक्षा शाखाले मध्यविन्दु नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै निमावि चलेका विद्यालयलाई उपस्थितिका लागि निर्देशनात्मक अनुरोध समेत गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुने विधार्थीलाई क्रमशः ५ हजार , ४ हजार , ३ हजार र २ हजार नगदका साथमा प्रमाणपत्र वितरण गरिने लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसाका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो । प्रतियोगितामा नि मा वि चलेका विद्यालयबाट कम्तिमा एक छात्रा सहित २ जनाको सहभागिता रहेनछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |