२०८० आश्विन १२, शुक्रबार
कावासोती । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कावासोती नगरपालिकामा दीप प्रज्वलन गरिएको छ । कावासोती नगरपालिकाको आयोजनामा नगरपालिका परिसरमा दीप प्रज्वलन गरिएको हो । अभियानको अवसरमा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले दीप प्रज्वलन गरि ‘म हिंसा गर्दिन , म हिंसा सहन्न ,हिंसा भएको देखेमा प्रतिकार गर्दछु ’ भन्ने प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गरि अभियानको शुरु गर्नु भएको थियो ।
‘घरबाटै शुरु गरौँ ,महिला हिंसा अन्त्य गरौं ’भन्ने नाराका साथ १६ दिने अभियान बिहिबारबाट शुरु भएको हो । कावासोतीमा भएको कार्यक्रममा नगर प्रमुख पुन सहित कावासोती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला तिम्सेना,सूचना अधिकारी मुक्ती प्रसाद बसेल लगायत कावासोती नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |