२०८० आश्विन १४, आईतबार
कावासोती । कावासोतीको ढोकीमा रहेको त्रिभुवन माविमा स्काउट पोशाक वितरण कार्यक्रम भएको छ । मंगलबार नेपाल स्काउट कावासोती नगर समितिको आयोजना नेपाल स्काउट गण्डकी प्रदेशको सहयोगमा पोशाक वितरण गरिएको हो ।
त्रिभुवन माविमा रहेर स्काउटमा आवद्ध विद्यार्थीहरूलाई कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले स्काउट पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
पोशाक हस्तान्तरण कार्यक्रम नेपाल स्काउट कावासोतीका संयोजक दिपक सुवेदीको अध्यक्षता तथा कावासोती नगरपालिका प्रमुख एवं संरक्षक चन्द्र कुमारी पुनको प्रमुख आतित्थ्यतामा भएको थियो ।
पोशाक वितरण कार्यक्रममा स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदी, कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोखे्रल, कावासोती नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी, स्काउट गण्डकी प्रदेशका सदस्य भिमलाल कंडेल, कावासोती १७ का वडा अध्यक्ष छविलाल महताे, नेपाल शिक्षक महासंघका सचिव गिरीराज गिरी, विद्यालयका प्रधानाध्यापक दिपकनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
पोशाक वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले देशभक्ति, कर्मशील , मानविय सहयोगमा जुट्न स्काउटमा सहभागीलाई उत्प्रेरित गर्ने बताउँदै स्काउटको तालिममा धेरै भन्दा धेरैलाई सहभागि गराउनतर्फ लाग्नुपर्ने बताएका थिए । वक्ताहरूले स्काउट जुन लक्ष्य र उद्देश्यका साथ स्थापना भएको थियो , त्यसको मर्म अनुसार सबैलाई शुभकामना दिएका थिए । स्काउटले हरेक वर्ष हरेक जिल्लाबाट उत्कृष्ट एउटा विद्यालयलाई पोशाक वितरण गर्दै आएको स्काउट प्रदेश सदस्य भिमलाल कंडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |