२०८० आश्विन १२, शुक्रबार
कावासोती । बिभिन्न स्थानमा हुने मेला महोत्सव , राजनीतिक दलका कार्यक्रम पछि आयोजकले फोहर व्यवस्थापनमा चासो नदिदा प्रदुषण बढ्ने गरेको छ । नवलपुरका बिभिन्न स्थानमा अहिले मेला महोत्सवको समय रहेको छ । तर कतिपय स्थानमा मेला महोत्सव पछि आयोजकले फोहर व्यवस्थान नगर्दा फोहर यत्र तत्र छरिएको भेटिन्छ । यसले गर्दा प्रदुषण निम्ताएको भन्दै स्थानीले गुनासो गर्ने गरेका छन् ।
आयोकले मेला महोत्सव गरि आम्दानी गर्ने तर मेला महोत्सवकै कारण हुने गरेको फोहर व्यवस्थापनमा भने चासो नदिँदा प्रदुषण बढ्ने गरेको छ ।
कावासोती १५ को गुन्द्रही मेला पछि आयोजकले फोहर व्यवस्थापन नगर्दा अहिले सो स्थानमा प्रदुषण भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । खोला किनार अहिले पानीका बोतल सहित अन्य फोहरले कुरुप बनेको छ । कात्तिक २७ देखी २९ गते सम्म सो स्थानमा सास्कृतिक कार्यक्रम सहितको मेला आयोजना गरिएको थियो । सो स्थानमा एकादशी बिषेश गुन्द्रेही साँस्कृतिक मेला आयोजना गरिएको थियो । मेला पछिको फोहर व्यवस्थापनमा भने कुनै पहल भएको छैन् ।
लक्ष्मि नारायण मन्दिर समितिको पहलमा सो स्थानमा मेला लागेको जनाइएको छ । सोही मेलामा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । सास्कृतिक कार्यक्रम भएको स्थानमा अझ धेरै पानीका बोतल सहित फोहर भएको र यसको व्यवस्थापनकालागि आफुले सम्बन्धीत व्यक्तीलाई भनेको वडा नम्बर १५ का वडा अध्यक्ष देव नारायण महतोले बताउनुभयो ।
नदि , खोला आसपासको क्षेत्र आफैमा महत्वपूर्ण क्षेत्र हुन् । पानीका श्रोत भएका स्थानमा संरक्षण र सफा बनाउनको सट्टा थप फोहर गर्ने र त्यसको व्यवस्थापन नगर्दा झनै असर पुग्दछ । यस विषयमा संवेदनशील बन्नुपर्ने वातावरण क्षेत्रमा काम गर्ने सरोकारवालाको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |