२०८० आश्विन ५, शुक्रबार
कावासोती । बुलिङटार गाउँपालिका वडा नं. २ बाट नेपाली काँग्रेस परित्याग गरि ४ सय ३५ जना प्रवेश गरेका छन् । काँग्रेसका सक्रिय यूवाहरु भोला लुङ्गेलीमगर, पारश थापा, गोपालचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका हुन् ।
एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उनीहरुलाई टिका अविर र खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।
२०४८ साल देखि नेपाली काँग्रेसको एकछत्र शासन रहेको यो ठाउँका मानिसहरु एमाले प्रवेश हुनु काँग्रेसको कुशासन भएको नवप्रवेशी भोला लुङ्गेलीमगरले बताए । काँग्रेस भए मात्र काम हुने नभए नहुने अबस्था सृजना भयो अझ स्थानीय तह बनेपछि काँग्रेसको विभेद झन बढ्यो त्यसैले स्वस्फूर्त रुपमा एमाले भएका हौं अर्का युवा गोपालचन्द्र ठाडाले भने –‘विकास र सामाजिक न्यायका लागि एमाले रोज्यौं ’।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रचार बिभागका सदस्य एवम् युवा नेता विद्रोही गिरीले बुलिङटारमा एमालेको लहर बढेको भन्दै एमालेमा हुने सबैको उचित जिम्मेवारी हुने बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र काँग्रेस महामन्त्री डा. शसांक कोइरालाको निर्वाचन क्षेत्रबाट विकास र न्यायको आशा मरेको भन्दै प्रवेश गर्नेहरुको आशा र भरोशा एमालेले मर्न नदिने गिरीले ठोकुरा गरे ।
देउराली, पेलेगा, रामकोट, भेलौरी, छरछरे, कोटा, बोझा, बरिमल भाङवारी लगाएका ठाउँमा काँग्रेसका कार्यकर्ता प्रवेश गरेका हुन् । सोही अवसरमा अर्खलाबाट ३२ जना बुलिङटार –३ बाट १५ जना, कोटथरबाट २८ जना र भारतीपुरबाट एक जना समेत प्रवेश भएका थिए ।
कार्यक्रममा एमाले प्रदेश कमिटिका सदस्यहरु कृष्ण पौडेल , कृष्ण घिमिरे, टंकनाथ गिरी, टंक माकिम बुलिङटार गाउँ कमिटि अध्यक्ष मनवीर पुलामी, स्थानीय कोशराज पौड्याल, बलराम लामिछाने, सर्गबहादुर पुलामी र टंकप्रसाद आलले लगाएकाले बोलेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |