२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासोतीको १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीले देशैभरि मंसिर ४ गते सबै वडाको अधिवेशन गर्न पठाए पनि सबै वडामा नेतृत्व चयन हुन सकेन । कावासोतीको १७ वटा वडा मध्ये १० वटा वडामा मात्रै नेतृत्व चयन भएको हो । बाँकी रहेका ७ वटा वडामा ११ गते अगाडि नै गर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासोती नगर ईञ्चार्ज टंकमणी शर्माले जानकारी दिनु भयो ।
कावासोतीको वडाहरूको अधिवेशन भएका मध्ये वडा नं. १ बाट तेजेन्द्र सुनारको नेतृत्वमा २९ सदस्सीय समिति, वडा नं. ४ बाट चमकला बस्यालको नेतृत्वमा १५ सदस्सीय समिति, वडा नं. ५ बाट पिताम्बर गुरूङ्गको नेतृत्वमा २७ सदस्सीय समिति, वडा नं. ७ बाट शालिकराम पौडेलको नेतृत्वमा १३ सदस्सीय समिति, वडा नं.९ बाट निलबहादुर थापाको नेतृत्वमा ११ सदस्सीय समिति, वडा नं.१० बाट गोकुल मुखियाको नेतृत्वमा ९ सदस्सीय समिति, वडा नं.११ बाट विण्णु प्रसाद श्रेष्ठको नेतृत्वमा ११ सदस्सीय समिति, वडा नं. १२ बाट टेक प्रसाद चापागाईको नेतृत्वमा ९ समिति, वडा नं.१५ बाट ननिराम महतोको नेतृत्वमा ११ सदस्सीय समिति र वडा नं. १७ बाट मोहलाल बि क को नेतृत्वमा १५ सदस्सीय समिति निर्माण भएको छ । वडा नं.२, ३, ६, ८, १३, १४ र १६ को शुक्रबारसम्म अधिवेशन गरिने जानकारी गराईएको छ । मंसिर ११ गते देशभरिका सबै पालिकाहरूको अधिवेशन हुँदैछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |