२०८० आश्विन १४, आईतबार
नवलपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्दै गएको छ । छिमेकी जिल्ला चितवनमा महाधिवेशन हुने भएको हुँदा नवलपुरमा यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
सबैतिरबाट महाधिवेशन सफल बनाउन लागिरहदा नेकपा एमाले कावासोती नगरपालिका अन्तरगतका वडा नम्बर १, २, ४, ६, ९, १०, ११, १२, १३, १४, १६ र १७ मा शनिबार एकैदिन बैठक बसेको हो । बैठक आसन्न नेकपा एमालेको दशौँ महाधिवेशन लक्षित गरेर सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगानाले बताउनुभयो ।
शनिबार सम्पन्न बैठकले नेकपा एमाले दशौँ महाधिवेशन प्रचार प्रसार समितिको निर्णय अनुसार मंसिर ७ गतेको मोटरसाईकल ¥यालीमा उल्लेख सहभागिता जनाउने, कावासोती नगरपालिका कमिटीको निर्णय अनुरुप वडागत रुपमा नेकपा एमालेको १०औँ महाधिवेशन स्थलमा पार्टी संगठित सदस्य, शुभेच्छुकहरुलाई मंसिर १० गते सहभागी गराउने, पार्टी शुभेच्छुक तथा संगठित सदस्यहरुलाई दशौँ महाधिवेशन जाऔँ, भन्ने निमन्त्रणा पत्र मार्फत निमन्त्रणा गन निर्णय गरेको नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति नवलपुरका सह संयोजक बुद्धिसागर पोख्रेल (सागर)ले जानकारी दिए ।
कावासोती नगरपालिका अन्तर्गत वडा नं.–१५ कमिटीको आइतबार बैठक बस्दैछ भने अन्य वडाको शुक्रबारनै वडा कमिटीको बैठक सम्पन्न भएको नगर अध्यक्ष ढुङ्गानाले जानकारी दिए । त्यस्तै देवचुली नगरपालिका वडा नं १ को वडा कमिटीले शनिबार एक कार्यक्रमका बीच ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यसको संयोजक पार्टी वडा कमिटीका उपाध्यक्ष धनबहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटी, अनेम संघ, वडा कमिटीका पदेन सदस्य तथा पार्टीका सबै विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु छन् ।
समितिले वडाभित्र पार्टीका संगठित सदस्यहरु, सुभ चिन्तक, आम समुदायलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध तथा आवह्वान गर्नेछ । नेकपा एमाले वडा कमिटीका अध्यक्ष रिपुबहादुर अधिकारीले चितवनसम्म जानका लागि बस व्यवस्थापन गरिसकिएको तथा निजी सवारीसाधन तथा मोटरसाईकलमा जान सकिने बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |