२०८० आश्विन ५, शुक्रबार
राजु श्रेष्ठ । डेढगाउँ । हरिबोधनी एकादशी को अवसर पारेर नवलपुरको डेढगाउँमा आयोजना गरिएको बिच भलिबल प्रतियोगिताको उपाधि अकला देवी युग क्लबले उचालेको छ । नमुना लाइन्स क्लबको आयोजनामा बौदिकाली २ डेढगाउँ स्थित बालिघाटमा सम्पन्न बिच भलिबल प्रतियोगितामा आयोजक क्लबलाई पराजित गर्दै उपाधि अकेलादेवी युथ क्लबले उचालेको हो । उपाधि उचाल्न सफल अकला देवीले ३० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको आयोजक क्लबले २० हजार ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा बिभिन्न १७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा बौदिकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना, प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष वाल प्रसाद ठाडा लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |