२०८० आश्विन ५, शुक्रबार
कावासाेती । सरकारी कर्मचारी कार्यालय समयमा मदिरा सेवन गरि लठ्ठ निद्रामा भेटिएका छन् । बिहिबार ११:३० बजे कावासाेती नगरपालिकाकाे दर्ता चलानी शाखा पुग्दा शाखाका कर्मचारी कुर्सीमा मस्त निद्रामा थिए । तेतीमात्र हाेइन शाखाका कर्मचारी यम प्रसाद भुषाल रहेकाे कार्यकक्ष मदिरले डुङ्ग डुङ्ग गनाएकाे थियाे ।
कार्यालय समयमा जनतालाई सेवा दिनुपर्नेमा मदिरा सेवन गरि जाने र कार्यकक्ष मा मस्त निदाउनु गम्भीर विषय बनेकाे छ। सहायक पाँचौ तहका कर्मचारी भुषाल यस अघि समेत कार्यालयमा मदिरा सेवन गरि आउने गरेकाे जनाइएको छ ।
कावासाेती नगरपालिकाका सुचना अधिकारी मुक्ति बसेललाई यस विषयमा बुझ्दा कार्यालयले भुषाललाई यस अघि नै मदिरा सेवन गरि कार्यालय नआउन भनी सचेत गराएकाे बताउनुभयो । उहाँले यस विषयमा थप प्रक्रिया अगाडि बढाउने बताउनुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |