पूर्व पश्चिम राजमार्ग अन्र्तगत कावासोतीको थाना चोक आफैमा व्यस्त ठाउँ हो । विद्युत ,टेलीकम, मालपोत,नापि ,नगरपालिका लगायत सबै जसो कार्यालय जान यहि बाटो प्राय प्रयोग हुने गर्दछ । बजार गर्न आउनेहरु समेत थाना चोक भएर आउ जाउ गर्ने गर्दछन् । यसैले राजमार्ग सँगै जोडिएको कावासोतीको व्यस्त चोक मान्न सकिन्छ थाना चोकलाई । सवारीको चाँप यहाँ धेरै यसै पर्नेनै भयो । सवारीको चाँप पर्ने यहि सडकको छेउमा चालक र पदैलयात्रु अलमलपार्ने गरि राखिएको एटु जेड मोबाइल हाउसको ठूलो डिजिटल बोर्डले दुर्घटनाको जोखिम बढाएको छ ।
मुख्य सडकमा मापदण्ड बिपरित राखिएको डिजिटल बोर्डले चालक र यात्रुको ध्यान खिच्दा मानविय क्षतिहुने गरि दुर्घटनाको जोखिम बढाएको छ । थाना चोक नकिज पटक पटक मोटरसाईकल लगाएत साना सवारी दुर्घटनामा पर्ने गरेका छन् । यसको कारण यहिनै भनेर मापन गर्न नसकियपनि ठूला ठूला डिजिटल बोर्डले ध्यान बिकेन्द्रित गरि दुर्घटना भएको होइन भनेर नकार्न भने सकिन्न । चालकको ध्यान बिकेन्द्रित हुदा दुर्घटना त बढ्छनै, राजमार्ग आसपासमा आनावश्य ठूला परचार सामाग्री राख्नु ठिक हुदैन ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले भने ।

सबैले ठूला बोर्ड राखे के होला कावासोती बजार ?
आफ्ना पसल व्यवसायको जानकारी दिने गरि जानकारी मूलक सामाग्री व्यवस्थीत रुपमा राख्नु सबैको अधिकार हो । तर प्रचारको नाममा अनावश्यक ठूला साईजमा बोर्ड राख्दै जाने हो भने कावासोती बजारको कति कुरुप बन्ला सोझै अनुमान लगाउन सकिन्छ । कावासोती बजार क्षेत्रमा हजारौं पसल व्यवसाय रहेका छन् । सबैले आफ्नो प्रचारकालागि जति ठूला सम्म पनि साधारण बोर्ड राख्न सक्छन् । कतिपयले डिजिटल बोर्ड समेत राख्न सक्लान । यसो भन्दैमा सबैले एटु जेड मोबाइल हाउसले जस्तै गरि ठूला ठूला साधारण र डिजिटल बोर्ड राख्दै जाने हो भने बजारको दुर्दशा हुने देखिन्छ । एटुजेडले जस्तै घरै छोपेर सबैले बोर्ड राख्न थाले घरका झ्याल देखिन्नन्, घर देखिन्न् , यो बजार सुन्दर घर नभएको बोर्डको बजार बन्ने निश्चित छ । तेसैमा बोर्ड पुरानो र थुलोले छोप्दै जादा बजारनै कुरुप बन्ने निश्चित छ । आफ्नो प्रचार गर्नु ठिकै हो, तर बोर्ड सबैले ठूला ठूला राखे भोली त बजार कुरुप बन्छनै ,कावासोती तीनका स्थानीय लक्ष्मण पाण्डेले बताए । यसको नियमन समयमै नगरिय अनावश्यक ठूला बोर्ड राख्ने प्रतिस्पर्धा चल्ने र यसले बजारलाई कुरुप बनाउने उनले चिन्ता व्यक्त गरे ।
एटु जेडले कर तिरेको छैन
अनावश्यक रुपमा एटु जेड मोबाइल हाउसले राखेको डिजिटल बोर्डको बिषयमा न स्थानीय सरकारलाई जानकारी छ । न कतैबाट अनुमती लिइएको छ । यसले सबैले त्यतिकै अनावश्यक बोर्ड राख्न पाउछन् भन्ने बनाउछ । कानून,नीति नियममाथि ठाडो हस्तक्षेप गरि अवज्ञा गरि एटु जेड मोबाइले आफ्ना व्यक्तिगत लाभ लिइरहेको छ । राज्यलाई तिर्नुपर्ने कर नतिर्नु, भोलीका दिनमा ठूला अनावश्यक बोर्डले पार्ने असरका बारेमा संचालक उदासिन हुनु नितान्त लाभमुखी सोच राखेको देखिन्छ ।
कावासोती नगरपालिकाले विद्युतिय बोर्डका हिसाबमा प्रति वर्ग फिट बार्षिक १०० रुपैया विज्ञापन कर समेत तोकेको छ । नगरपालिका श्रोत अनुसार एटु जेडबाट हाल सम्म कुनै विज्ञापन कर तिरिएको छैन् । बजार क्षेत्रमा अनावश्यक रुपमा ठूला बोर्ड राख्ने कामको निरुत्साहित गर्न आवश्यक छ । नत्र ठूला अनावश्यक साइजका बोर्ड राख्दै जादा बोर्डै बोर्डको कुरुप शहर कावासोती भनेर चिनिने निश्चित रहेको छ ।
कावासोती नागरपालिकाले यस विषयमा बैठक राखि आवश्यक कर संकलन र मापदण्ड निर्धारणकालागि पहल गर्ने कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताए ।
व्यवसायको प्रचार प्रसार गर्दा सबै व्यवसायीले आवश्यक मापदण्ड पालना गर्नु आवश्यक रहेको छ । सार्थै आफुले राखेको बोर्डले केही नकरात्मक असर त पार्दैन भनेर बिचार गर्नुपर्ने आवश्यकता रहेको छ । नत्र एटु जेड मोबाइलले जस्तै प्रतिस्पर्धा गर्दै जाने हो भने भोलीका दिनमा पर्ने नकारात्मक असर भोग्न पहिला हामि आफै तयार हुनुपर्दछ ।
-नमुनासन्देशबाट