२०८० आश्विन १२, शुक्रबार
कावासाेती । हरिबाेधनी एकादशीकाे अवसरमा कावासाेतीकाे पिठाैलीमा मेला लाग्ने भएकाे छ । लामाे समय देखि एकादशीकाे दिन पारेर लाग्दै आएकाे मेला गएकाे वर्ष काेभिडका कारण व्यवस्थित रुपमा लाग्न सकेकाे थिएन । यश बर्ष भने सास्कृतीक कार्यक्रम सहित मेला लाग्ने आयाेजक पिठाैली चाैर युवा समितिका अध्यक्ष सागर गुरुङले बताउनुभयो । मेला यहि २८र २९ गते लाग्ने अध्यक्ष गुरुङले बततउनुभयाे । मेलालाई व्यवस्थित बनाउन तयारी तिब्र पारिएको उहाँले बताउनुभयो । जुवाका लागि चिनिएको याे मेलामा केहि बर्ष यता जुवा खेल्न भने पूर्ण रुपमा निषेध गरिएकाे छ । नारायणी नदि किनारमा अवस्थित पिठाैलीमा लाग्ने मेला स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि समेत प्रख्यात छ । नवलपुरकाे पहाडका सुन्तला, अम्रिसाे,अदुवा , तरुल , सखर खण्ड देखि किसानले उत्पादन गरेका खाध्यन्न खरिदबिक्री समेत हुने गर्दछ । थारु समुदायका विभिन्न खाना ,खाजाका परिकार समेत मेलाकाे आकर्षण रहने गर्दछ ।
मेलालाई थप व्यस्थित बनाउन आफुहरुलागि परेकाे वडा नम्बर १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्लेले बताउनु भयाे । भाेलिकाे चिनारीकाे रुपमा एकादशी मेलालाई स्थापित गराउन सबै लाग्नुपर्नेमा उहाँले जाेडदिनुभयाे ।
नारायणी स्नान गर्न आउनेकाे एकादशीका दिन पिठाैलीमा भिड लाग्ने गर्दछ । मेलाकै दिन राष्ट्रिय तथा स्थानीय कलाकार सहितकाे सास्कृतीक कार्यक्रम समेत हुने सांस्कृतिक कार्यक्रमका संयाेजक एवं गायक राजन गुरुङले बताउनुभयाे । यस्तै नारायणी नदिमा बाेटिङ्गकाे समेत व्यवस्था रहेकाे उहाँले बताउनुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |