२०८० आश्विन १४, आईतबार
कावासोती ।नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना भएको डि.आर.टि.वि. रेफरल सेन्टरभवन , शौचालय, गोलघर र पार्किङ्ग स्थलको निर्माण सम्बन्धी सार्जजनिक सुनुवाई तथा औपचारिक रुपमा हस्तान्तरण कार्यक्रम शुक्रबार भएको छ ।
निर्माण सम्पन्न भएको लामो समय भएपनि कोभिड लगायतका कारणले केही ढिला गरेर कार्यक्रम भएको हो । उक्त कार्यक्रममा नयाँ जिवनका लागि हातेमालो संस्थाकी मना पाण्डेले जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले एक करोड २६ लाख ९० हजार २९५ रुपिँया लागतमा उक्त संरचना निर्माण भएको जानकारी गराउनुभयो । पहिलो पटक २०७७ कात्तिक १७ गतेबाट योजना सुरु हुने र २०७७ फागुन १७ गते सम्पन्न हुने मिति रहेको र दोश्रो पटक २०७७ फागुन १३ गते सुरु र २०७८ जेठ १२ गते सम्पन्न गर्ने मिति रहेकोमा निर्माण व्यवसायीले समयमै निर्माण सम्पन्न गरेको पाण्डेले बताउनुभयो । दुई चरणमा गरेर यहाँ निर्माण भएका संरचनाहरु निर्माण गरिएको उहाँले बताउनुभयो । दामीयन फाउण्डेसनको सहयोगमा निर्माण गरिएको उहाँले बताउनुभयो । अस्पतालका लागि आवश्यक वेड लगायतका सामाग्री र ट्रान्सफरमर समेत गरेर संस्थाले १३ लाख ९७ हजार ४३२ रुपिँया बराबरको सहयोग गरेको समेत उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा ईज्नीनियर टंक प्रसाद भुषालले निर्माण सम्बन्धी जिज्ञासाको जवाफ दिनुभएको थियो । लागत सहभागिता टेन्डर दर्तामा ९० लाख देखिए पनि सुरुमा भनिएको टिन भन्दा छाएको टिन फरक परेकाले लागत बढी लागेको , पार्किङ्ग , बगैँचा सजावट लगायतका काम समेत भएकाले लागत बढेको उहाँले बताउनुभयो । बिरामीका लागि पनि आरामदायी र टिनले नपोल्ने , देख्दा पनि आकर्षक होस् भन्ने माग अस्पतालतर्फबाट आएपछि त्यसै किसिमको रातो कलरको टिनले छाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै अस्पतालका जनस्वास्थ्य निरिक्षक छविलाल सुवेदीले जटिल किसिमको टिवि रोग लागेका बिरामीलाई राख्नका लागि अस्पताल परिषरमा निर्माण गरिएको अत्याधुनीक सुविधा सहितको भवनले अस्पतालको विकासमा टेवा पुगेको बताउनुभयो । जिल्लाभरिका बिरामिलाई यहाँ राख्न सकिने छ । नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने र घरमा परिवारसंग बस्दा जोखिम हुने भएकाले जटिल प्रकृतिको टिवि रोगका बिरामीलाई उपचारका लागि यस भवनमा राखेर उपचार गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका सदस्य नरनाथ पाण्डेले नयाँ जिवनका लागि हातेमालो र दामीयन फाउण्डेशनले निर्माण गरेको रेफरल सेन्टरभवन अस्पतालको गहनाको रुपमा रहेको बताउनुभयो । उहाँले समयमै निर्माण सम्पन्न भएको कारण दोश्रो चरणको कोभिड – १९ संक्रमणका बेलामा संक्रमितलाई यसै भवनमा राखेर उपचार दिन सकिएको बताउनुभयो । सबै किसिमको सुविधा प्राप्त भएकाले कोभिडका बिरामीले अस्पतालको सेवाबाट खुसी भएको बताउनुभयो ।
कार्यक्रममा कृष्ण वहादुर डंगाल , लक्ष्मी चन्द , अस्पतालका कर्मचारी , सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |