२०८० आश्विन १४, आईतबार
कावासोती। कावासोती – १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको क्षमता विस्तार हुने भएको छ । दोस्रो लहरको कोभिड –१९ सङ्क्रमणको समय अक्सिजनको अभाव हुँदा दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन गर्ने सानो क्षमताको प्लान्ट जडान गरेर उपचार गरिँदै आएको थियो ।
सो समयमा अक्सिजन अभावले समस्या नपरोस् उद्देश्यले सोही समयमा अक्सिजन प्लान्टको क्षमता विस्तार गर्ने गरी योजना बनाएर काम अघि बढेको थियो । अक्सिजन प्लान्टका लागि सङ्घीय सरकारले ७५ लाख र प्रदेश सरकारले ७० लाख रुपियाँ सहयोग गरेपछि प्लान्टको क्षमता वृद्धि हुनेभएको हो ।
एक करोड २८ लाख रुपियाँमा ठेक्का लागेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । प्लान्टबाट दैनिक ८० देखि एकसय सिलिन्डर अक्सिजन उत्पादन हुने उहाँले बताउनुभयो । प्लान्टका लागि आवश्यक पर्ने मेसिनरी सामग्रीह अस्पतालमा आइपुगेको उहाँले बताउनुभयो ।
उत्पादन गर्ने च्याम्बर, पिउरीफिकेशन, बुस्टर लगायतका मेसिनरी सामग्री अस्पताल आइपुगेको सुवेदीले जानकारी दिनुभयो । तिहारअघि नै प्लान्ट जडान गर्ने योजना रहेको सुवेदीले बताउनुभयो । प्रदेशबाट इन्जीनियर आएर परीक्षण गरेपछि प्लान्ट जडान गरेर सञ्चालन गरिनेछ । यसअघि जडान भएको प्लान्ट सिधै पाइपलाइनबाट बेडमा पठाउने व्यवस्था थियो । अब जडान गर्ने प्लान्ट सिधै पाइपलाइनबाट बेडमा पठाउन पनि मिल्ने र फिलिङ् (अक्सिजन सिलिन्डरमा भर्न ) मिल्ने सुवेदीले बताउनुभयो ।
कोभिड– १९ सङ्क्रमणका बेला जिल्ला अस्पतालमा दैनिक करिब ५० सिलिन्डर अक्सिजन खपत हुँदैआएको थियो । जसमध्ये १७ सिलिन्डर अस्पतालको प्लान्टमा उत्पादन हुन्थ्यो । अन्य सिलिण्डर बाहिरबाट खरीद गरेर अापूर्ति गरिदै आएको थियो । सामान्य समयमा अस्पतालमा अहिले दशदेखि १२ सिलिन्डर मात्रै अक्सिजन खपत हुँदैआएको सुवेदीले जानकारी दिनुभयो । नयाँ प्लान्ट जडान भएपछि अस्पतालले आफूले खपत गरेर बाँकी रहेको अक्सिजन बिक्री गर्न सक्ने उहाँको भनाइ छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |