२०८० मंसिर १४, बिहिबार
बुलिङटार । नेकपा एमालेको वडा अधिवेशन अन्र्तगत नवलपुरको बुलिङटार गाउँपालिकामा ५ वटा वडाको अधिवशेन सम्पन्न भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनमा वडा नम्बर १ बाट खेम डिस्वा मगर , ३ मा दामोदर कुमाल, ४ मा कुल बहादुर ठाडा , ५ मा धन बहादुर थापा र ६ मा भरतराज राना सर्वसम्मत रुपमा वडा अध्यक्षमा चयन हुनु भएको एमाले प्रचार विभाग गण्डकी प्रदेशका सदस्य एवं अध्यक्ष मण्डलका अध्यक्ष विद्रोही गिरीले जानकारी दिनुभयो ।
बुलिङटार वडा नम्बर २ मा भने वडा अधिवेशन रोकिएको छ । रोकिएको वडा अधिवेशन केही दिन भित्रमा हुने बुलिङटार गाउँ कमिटी सह इन्चार्ज टंकनाथ गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |