२०८० आश्विन ५, शुक्रबार
दुम्किबास । नेकपा एमालेको वडा अधिवेशनका क्रममा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा दुई वटा वडाको अधिवेशन सकिएको छ । अन्य पाँचवटा वडाको भने अधिवेशन बाँकी रहेको छ । दुई वटा वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको गाउँ कमिटी अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
अध्यक्ष गिरीका अनुसार वडा नम्बर ३ मा कृष्ण बहादुर पाण्डे र वडा नम्बर ५ मा चक्रपाणी तिमिल्सीना शर्माको अध्यक्षतामा नयाँ कमिटि गठन भएको छ ।
बाँकी रहेका वडामा १० गते सम्ममा वडा अधिवेशन सम्पन्न गर्ने अध्यक्ष गिरीले बताउनुभयो । सबै वडामा सर्वसम्मत रुपमा वडा कमिटि गठन गर्ने पहल गरिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |