२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेकपा एमालेको देशै भर शनिबार वडा अधिवेशन भएको छ । नवलपुरमा समेत केही वडा बाहेक सबैजसो वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ९२ वटा वडा मध्यक्ष पहाडी क्षेत्रका केही वडामा शनिबार अधिवशन हुन सकेने । भौगोलिक विकटताका कारण केही वडामा अधिवशन भएन भने केही पालिकाका सहमति हनु नसकेका वडामा भोलीका लागि अधिवेशन सारिएको छ । अधिवेशन भएका सबै वडामा सहमतिमा नयाँ नेतृत्व चयन गरिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको कावासोतीको शनिबार सम्पन्न अधिवेशनबाट १६ वटा वडामा नयाँ कमिटि चयन भएको छ । वडा नम्बर दुईमा भने भोलीका लागि अधिवेशन सारिएको छ । कावासोतीमा शनिबार अधिवेशन सम्पन्न भएका १६ वटै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो ।
जस अनुसार कावासोतीमा १ मा श्याम राना,३ मा डोरमान गिरी, ४ मा प्रशान्त चापागाईं, ५ मा निरज पुन अध्यक्षमा चयन हुनु भएको छ ।
यसै गरि वडा नम्बर ६ मा उमेश राना , ७ मा दुर्गा बहादुर थापा ८ मा रेशम चापागाईं, ९ मा मनोज केसी, १० मा टेक नारायण महतो, ११ मा मन बहादुर क्षेत्री, १२ मा दुर्गा प्रसाद त्रिपाठी, १३ मा जनक माकिम , १४ मा मित्रलाल श्रेष्ठ, १५ मा डिल्लीराम चौधरी , १६ मा बाबुराम भण्डारी र १७ मा रामचन्द्र श्रेष्ठ वडा अध्यक्षमा चयन हुनुभएको छ । सबै वडामा सर्व सम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । शनिबारनै वडा अधिवेशन सम्पन्न भएका वडाहरुमा पालिका प्रतिनिधि समेत चयन गरिएको छ ।कात्तिक ९ गते पालिका अधिवशेन हुँदै छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |