२०८० आश्विन १२, शुक्रबार
नवलपुर । नेकपा एमालेको यही कात्तिक ६ गते वडा आधिवेशन र ९ गते स्थानीय तहको आधिवेशन हुदैँ छ । नवलपुरमा ६ गते हुने वडा अधिवेशनको आन्तरिक तयारी चलिरहेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रोशन बहादुर गाहाले बताउनुभयो ।
वडा र पालिकाहरूको अधिवेशनको अन्तिम तयारी पूर्व शुक्रबार जिल्ला कमिटी बैठक समेत डाकिएको जिल्ला कमिटी अध्यक्ष गाहाले बताउनुभयो । नवलपुरको हकमा केन्द्रबाट तोकिएकै मितिमा आधिवेशन हुने र कार्यतालिका कुनै हेरफेर नहुने उहाँले बताउनुभयो ।
जिल्ला कमिटी बैठक पार्टी सदस्य नवीकरणको अवस्थाको रिपोर्टिङ, वडा र पालिकाको अधिवेशन र बाढी पहिरोका कारण भएको क्षतिको विषयमा केन्द्रित हुने जनाइएको छ ।
वडा कमिटीको अधिवेशन सञ्चालनका लागि जिल्ला कमिटी मातहतबाट जिम्मेवारी प्रदान गरिने अध्यक्ष गाहाले बताउनुभयो । वडाका इन्चार्ज तोकिएका जिल्ला कमिटि सदस्यलाई अधिवेशनको जिम्मेवारी तोकिने उहाँले बताउनुभयो । पालिका अधिवेशनका लागि भने निर्वाचन मण्डल तयार पारिने अध्यक्ष गाहाले बताउनुभयो ।
वडा तथा पालिकाहरूको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गर्ने प्रयास हुने उहाँले बताउनुभयो । सर्वसम्मत हुन नसके आन्तरिक रुपमा स्वच्छ प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गरिने उहाँले बताउनुभयो । ‘सके सम्म सर्वसम्मतबाट भएन भने स्वच्छ प्रतिस्पर्धाबाट आन्तिरक रुपमा मिलाएर हामी टुङ्गो लगाउछौँ’ अध्यक्ष गाहाले भन्नुभयो ।
नवलपुरका ९२ वटा वडामा ६ गते र ८ वटा स्थानीय तहमा ९ गते एकै साथ अधिवेशन हुँदै छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |