२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका दुई सहकारीले दशैंमा मात्रै दुई करोड रुपैँया बढिका खसिबोका बिक्रि गरेका छन् ।
जिल्लाको हुप्सेकोटमा रहेको लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्था र अरुणखोलाको अरुण ज्योती सामाजिक उद्यमी महिला सहकारीले रु. दुई करोड २३ लाख रुपिँया बराबरको खसि÷बोका बिक्रि गरेका छन् । यि सहकारीले गाउँ गाउँका किसानहरुबाट खसिबोका खरिद गरि जिल्ला लगाएत बाहिरका बजारहरुका बिक्रि गर्ने गर्दछन् ।
लेक बेसी सामाजिक उद्यमी महिला सहकारीले दशैंमा मात्रै करिब रु. एक करोड मुल्य बराबरका ८ सय खसिबोका बिक्रि गरेको संस्थाका ब्यवस्थापक सुशिला परियारले बताउनुभयो । गत बर्ष दशैंको समयमा मात्रै करिब २ हजार खसिबोका बिक्रि गरेकोमा अहिले भने कोभिडको प्रभावले धेरै खसीबोका नकटेको उहाँले बताउनुभयो । संस्थाले बार्षिक रुपमा करिब तीन हजरा खसीबोका बिक्रि गरि रु. तीन करोड ५० लाख हाराहारीमा कारोबार गर्दै आएको व्यवस्थापक परियारले बताउनुभयो ।
अरुणखोलामा रहेको अरुणोदय सहकारीले रु.१ करोड २३ लाख बराबरका ७६६ ओटा खसिबोका बिक्रि गरेको संस्थाका पशु स्वास्थ्य कार्यकर्ता रुद्र अर्यालले बताउनुभयो ।
गत आवमा सहकारीले १८ सय ७७ वटा बाख्रा बिक्रि गरी रु. २ करोड ३६ लाख ७६ हजारको कारोबार गरेको अर्यालले बताउनुभयो ।
सहकारीले जिउदो तौल मूल्यका आधारमा खसिबोका बिक्रि गर्ने गरेको छ । यसले किसान र खरिद गर्ने उपभोक्ता दुवैलाई फाइदा पुग्ने लेकवेसीका ब्यवस्थापक शुसिला परियारले बताउनुभयो । किसानलाई आफुले पालेका बाख्रा कहाँ बिक्रि गर्ने भन्ने चिन्ता समेत नहुने उहाँले बताउनुभयो । सहकारीले दशैंमा तौल हेरी प्रति केजि रु. ५०० देखि रु. ५ सय ७० सम्ममा विक्रि गरेको उहाँले बताउनुभयो ।
यि सहकारीले नियमित रुपमा जिउदो खसिबोका बिक्रि गर्ने गरेका छन् । नवलपुर सहित ठूला बजार नारायणगढ, बुटवल, पोखरा ,काठमाण्डौंबाट खसिबोकाको माग हुने गरको व्यवस्थापक परियारले बताउनुभयो । व्यापारीहरु आफै लिनकालागि संस्थामा आउने गरेका छन् । अहिलेको दशैंमा भने कोभिडको असरले बाहिरि जिल्लाबाट व्यापारिहरु कम आएको उहाँले बताउनुभयो । ‘गाँउ गाँउबाट संकलन भएका खसिबोका स्थानीय सहित जिल्ला बाहिरका ठूला शहरहरुमा जाने गर्दछ’ व्यवस्थापक परियारले भन्नुभयो–तर यस वर्ष कोभिडको असर देखिएर होला बाहिरबाट त्यती खसिबोकाको माग भएन । धेरै जसो स्थानीय बजारमा खपत भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |